September 29, 2026, Tuesday
२०८३ आश्विन १३, मंगलवार
गजल : खुसी सिक्का बनेर आउँछ……

गजल : खुसी सिक्का बनेर आउँछ……

अनुराग बम क्षेत्री / मुगु ।

खुसी सिक्का बनेर आउँछ ,दु:ख हजार हुन्छ
प्रत्येक दिन मेरो घरमा आँसुको ब्यापार हुन्छ

बा,तपाईं छोराछोरी डाक्टर बनाउछु नभन्नुस्
हामी गरिबको निधारमा साउदी, कतार हुन्छ

कालो मान्छेलाई सित्तैमा सेतो बनाई दियो
राजधानीको धुवाँ धुलो क्या इमानदार हुन्छ

तिमी व्यर्थै अस्पताल जाने सल्लाह दिन्छौ
मुटु टुटेको निधार फुटेको कहाँ उपचार हुन्छ?

फोहरको थुप्रो भित्र कमलको फूल उदायो
जहाँ झगडा हुन्छ,त्यहीँ मीठो प्यार हुन्छ ।