September 25, 2026, Friday
२०८३ आश्विन ९, शुक्रबार
मेरो बगर

मेरो बगर

• देवराज कार्की ‘मिलन’

माटोको माया मनमा संगाली
अन्न बाली लगाउन बाच्ने आधार
उर्वर जमिन खोजेको मैले
जताततै खण्डिकरण भएर
जमिन त घडेरी भएछन् ।

सपना किसान हुने लिएर
कृषि क्रान्ति होला भनेको त
भुमाफिया पो भुमिक्रान्ति गर्ने
प्लटिङगवाला नेता बनेछन्।

हिजो जन पक्षीय प्रतिनिधि
हुँदै सांसद पड्काएर गरिबको
निम्छराको आवाज उठाउने थिए
खोलाका क्रसारको मालिक भएछन् ।

बिचरा म किसान हुन गएको
बगर पो हात लागेछ खेत बनेर
जति पानी हाल्छु रहदैन बलुवामा
कठिन मेहनत गर्छु अन्न फल्दैन।

अन्न फल्ने खेत माफिया संग
कमिसन खादै नेता सिलिपिङ पाटनर
त्यस्तै हुन ग्रल फ्रेन्ड पनि राख्ने
ती पनि त रातकि रानी भइन
नेताले इच्छा अनुसार प्रयोग गरेकै छन् ।

बाली लगाउने जमिन सागुरियो
किसानको आत्मा नै मारीयो
हतोत्साहित पार्न कृसकलाइ
ब्यापारी बिचौलियाको मेल गराइयो
बेचेको पैसा लिन आन्दोलन गर्नु पर्ने भएछ।

मन्त्री ब्यापारी भाइ भाइ नेता तिनै
अनि किसानलाई बाइ बाइ गर्छन्
बगर खेत खलिहानमा काम गर्ने भोकै
नेता डकार्छन किसानको पसिना
बङ्गलामा बिराजमान झन्डा हल्लाउँदै कुद्छन्।

बगर त हो खेती राम्रो हुदैन
सामान्ती बनिसके प्रगतिशील
अब कोहि बाकी हुदैन यहाँ
बिचार नेताको नउम्रने बगर भएर
ढुङ्गा गिट्टी र क्रसर मती नै बनि सकेछ।

०७७/०९/०३