May 7, 2024, Tuesday
२०८१ बैशाख २६, बुधबार
कोरोना भाइरसबारे गजल

कोरोना भाइरसबारे गजल

-मोहन डाँगी

चीनको युहानमा उत्पन्न भयो बिश्व हल्लाउनलाइ
देश बिदेशी लकडाउन भयो कोरोना भगाउनलाइ ।

सहयोगीहरु तन मन धन दिएर लागिरहेका छन
सबै मानव श्रमजीवी गरिब निमुखा बचाउनलाइ ।

खाने गाँस छैन बस्ने बाँस छैन बिजोग छ प्रदेशिको
संबन्धित निकायले पहल गरौं स्वदेश फर्काउनलाइ ।

भिडभाड नगरौं अनि घर भित्र बसौं सचेत बनौ सबै
सुरक्षीत रहौ सुरक्षीत बसौ यो जीवन जोगाउनलाइ ।

रातदिन खटिरहेका छ्न डाक्टर बैज्ञानिक विज्ञहरु
चाडैं नै भाइरस सङ्क्रमितलाई निको बनाउनलाइ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज