कविता : तर के ?
हुँ !
म चेतनशील प्राणी हुँ
म बुझाकी मान्छे हुँ
म सहने मानव हुँ
म अद्भुत प्रजाति हुँ
म ज्ञानी पनि हुँ
म दानी पनि हुँ
अनि
म भिखारी हुँ
म माग्ने हुँ ।
म माग्छु
अनेकन अनि अथाह माग्छु
कहिले शिर ठाडो पारेर माग्छु
कहिले-
म चरमबिंदु काे पराकाष्ठा मा पुगेर,
लाचार भई गिरेर पनि माग्छु।
म लाज पचाएर माग्छु
म नैतिकवान भएर पनी माग्छु।
जिउँदो लाश झै भएर माग्छु
भगवान भै स्वाङ् पारेर माग्छु।
म स्व विवेक मा नी माग्छु
निर्विवेक भएर पनि माग्छु।
म पीडा मा अझै माग्छु
म खुसि मा झन् माग्छु
म लम्पसार भएर माग्छु
म मातेर माग्छु
म बेहोसी मा पनि माग्छु
म होस् मा नी माग्छु।
मलाई बस् माग्नु छ!
भो नआऊ –
बुद्धिजीवी झै बौद्धिक ज्ञान लिएर –
यस्ले मेरो पेट भरिन्न।
मलाई थाहा छ!
मागेको कात्रो ले पनि मेरो शव ढाकीन्न।
तर पनि म माग्छु
किन कि म माग्ने हुँ
मैले काम गर्नु पर्छ
मैले कर्म गर्नु पर्छ
मैले माग्नु पर्छ।
हो!
मैले सधैं नै माग्नु पर्छ।
तर के?
अभिषेक राज सिँह थापा
(ए.आर.एस.टि)
लेखकको सम्वन्धमा