February 22, 2024, Thursday
२०८० फाल्गुन १०, बिहीबार
खै त मेरो जिन्दगी ?

खै त मेरो जिन्दगी ?

खै त मेरो जिन्दगी
मैले बिर्सेछु क्यारे
भुसुक्कै बिर्सेछु बरै,
म झस्याङ भए
एउटा फोनको घण्टी
अनी त्यो फोनको स्पिकरमा सुनिएको
दमदार स्वरले
मलाई झस्याङ बनायो
मैले बिर्स्या रैछु
स्वाट्टै बिर्स्या रैछु
म अल्लारे ठिटो
सपना बुन्या छु
हातै भरी पैसोको बिटो
जवानिको भरपुर तरङ
आजको फोनमा गुन्ज्याउ स्वोरले
पार्दियो झसँग,
ओ हो
मैले त भुसुक्कै बिर्सेछु
सायद खान
हैन
साएद कतै जान
हैन
ए बरा के बिर्से
धेरै पहिले प्रत्यक्ष
सुनेको त्यो आवाजले मलाई झस्कायो
म उभिएको जमिन
२,४ फिट तलाई खस्कायो
खै कसरी मैले बुझ्न सकिन,
मुटु फुलेर आयो
आखाँभरी बिगत बर्तमान र भबिष्य
झुलेर आयो
अनी र त म झस्किए
म नाथे बालक
आफ्नो जिन्दगीको गाडीको
म आफै चालक

त म झसँग भए
म भुत्ले चालकले
मेरो जिन्दगीको गाडि
कता कुदाउदैछु कता हुइक्याउदैछु
सातो जाने गरेर म झसँग भए
सधैजसो आउछ मलाई फोन
तर
आज एउटा फोनमा गुन्जेको स्वरले
म झसँग भा छु
मेरो सातो उड्या छ
मेरो अनुहार फुर्सिपट्टेवोल भा छ
मैले बिर्सिए छु
चटक्कै बिर्सिएछु
जब त्यो फोन गर्ने मन्छेले सोध्यो
खै मेरो जिन्दगी भनेर

त म झस्किए मेरो सातो गयो
हो नि साच्चै
खै त मेरो जिन्दगी
म अबला मानब
मैले बिर्सिएछु सप्पै
हेर्दै सन्सारको नृत्य ताण्डब
र त बिर्सिएछु
खै त मेरो जिन्दगी,
बिरामिले डाक्टर गुहारे झै,
खडेरिले बर्षा गुहारे झै,
भोको पेटले भोजन गुहारे झै
मैले पनि गुहार्नु पर्ने भयो
त्यो
भित्तामा सिङारिएको बुट्टेदार
क्यालेन्डरमा झुन्डिएका
आइत सोम अनि मंगल बारहरुसँग
अनी घडी रुपी
त्यो समयको यमराजसंग
आखिर
खै त मेरो जिन्दगी ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज