July 26, 2026, Sunday
२०८३ श्रावण १०, आईतवार
एक गजल

एक गजल

डढेलोले वनजंगल दिनहुँ जलेको जलेइ छन् ।
कठैबरा बोट बिरुवा चुपचाप बलेको बलेइ छन् ।

काठमाडौंको खाल्डो खिचातानी मै ब्यस्त ।
छिमेकिको गिद्दे नजर दायाँबायाँ चलेको चलेइ छन् ।

खेत जोत्ने, लास उठाउनेको हाहाकार छ गाँउमा ।
बिदेशमा पसिनाको डल्लो गलेको गलेइ छन् ।

कठैबरा वन जंगल दिनहुँ जलेको जलेइ छन् ।
बिदेशमा पसिनाको डल्लो गलेको गलेइ छन् ।