प्रेम दिवस बिशेष गजल : विमर्श प्रधान
फेरी आयो प्रणय दिवस प्रेमिहरुको प्रस्ताबको थैलो खोलिने भए ।
धन दौलतको ढक तराजुमा फेरी हृदयको तौल तौलिने भए ।
धेरै आए लौला मजनुसंग दाजिनेहरु पोहोर साल पनि,
यो बर्ष पनि माया पिरिमको ज्वालामा कती मुटु पोलिने भए ।
दिनको उज्यालो सँगै मिलेका ती जोडिहरु,
अधेरी रातसँगै सोमरसको मातसँग घोलिने भए ।
धेरै भए यहाँ मिलनका कथा छपाउनेहरु,
फेरी अब बिछोडको २,४ पंक्ती कोरिने भए ।
घोरिएका छन रे मुटु तोडि माग्नेहरु रातको तारा गन्दै,
मुटु तोडेर जानेहरुको यसपाली फेरी अर्कैसँग हृदय जोडिने भए ।
लेखकको सम्वन्धमा