March 2, 2024, Saturday
२०८० फाल्गुन २०, आईतवार
कविता – ए आमा

कविता – ए आमा

म सपना लुटिएको बस्तिबाट तिमिलाइ सम्झिएछु।
मेरा बालापनका मित्रहरु खाडीको तातो हुदै
युरोपका गल्लीमा पहिचान खोजि रहेछन,
म्याक्सिकोको जङ्गलमा सपना ,
नेपालको आकासबाट दिनहुँ उडि रहेछन।
एक चम्किलो चादको चादनि सङै
लाखौ उल्का पिण्ड खसे झै खसि रहेछन।

ए आमा!
एक हुल मानब रुपि चेतना शुन्य नर्सिङ्गा
मालिकको शब्द बाणको तिर बनेर
सडकका गल्ली गल्लीमा आगो लगाउदै,
इतिहासको सभ्यतालाइ आगोमा जलाइ,
आफ्नै विवेकलाइ निषेध गरेर
आदिम दासतालाइ स्विकार्दै दास बनी रहेछन।

ए आमा!
तिम्रो अस्मिता सङ्ग सम्झौता गर्न गद्दीको
उपहास सङ्गै बैरि सङ्ग गिद्दे नजर मिलाइ
मदिराको मधुमासमा अधेरि कोठाको पर्दाबाट
निस्कलङ्क हिमालको छहारी देखि रहेछन।
कथाको अभिनय सङ्गै
ती राबन रूपी मालिकको श्रममा                                          अस्तित्वको हरन गरि रहेछन।

ए आमा !
तिम्रा ति निमुखा सन्तति
न आवाज ओकल्न सक्छन
न त छुट्टै अस्तित्व बोकेर
यी नर्भक्षकको आकासमा तेजस्वी बादल बनेर
लुटको स्वर्गमा अन्धकार छाउने
मेग सहितको न बादल बन्न सक्छन?

ए आमा!
ए नेपाल आमा
तिम्रो छातिको लहरामा
ज्योति दिने सपूत कहिले आउछ?
युगको सपना बनेर!

– शेर बहादुर डागी

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज