July 26, 2026, Sunday
२०८३ श्रावण १०, आईतवार
कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि सल्यानको छत्रेश्वरी गाउँपालिका ५ दिनको लागी बन्द

कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि सल्यानको छत्रेश्वरी गाउँपालिका ५ दिनको लागी बन्द

बैशाख १२, सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिकाको कार्यालयले दिने सेवा ५ दिनको लागि बन्द गरिएको छ ।

गाउँपालिकामा कार्यरत केहि कर्मचारीलाई कोरोना संक्रमण पोजिटिभ देखिएपछि बैशाख १३ गतेदेखि १७ गते सम्मलाई गाउँपालिकाको अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरिएको हो।

आइतबार अध्यक्ष सन्तोष केसीले एक प्रेस बिज्ञप्ति जारी गर्दै गाउँपालिकाको सेवा बन्द गरिएको जानकारी गराएको हुन ।

यस्तो छ – बिज्ञप्तिको पूर्ण पाठ :

हाल तिब्र रुपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ को संक्रमणको अबस्थामा यस छत्रेश्वरि गाउँपालिकामा कार्यरत केही कर्मचारी हरुलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएकाले गाउँपालिका कार्यालयबाट हुने अत्यावश्यक सेवा बाहेकका सम्पुर्ण सेवाहरु भोलि सोमबार १३ गतेदेखी १७ गतेसम्म बन्द गरिएको छ।

यसबाट सेवाग्राही हरुमा पर्न गएको असुबिधाप्रती गाउँपालिका कार्यालय क्षमा प्रार्थकेहि साथै कोभिड-१९ को जोखिमलाई न्युनिकरण गर्न स्वास्थ्य सम्बन्धी सम्पुर्ण मापदण्डहरु अबलम्बनगरि सुरक्षितरहि सहयोग गर्नहुन हार्दिक अनुरोध गर्दछौ।

सन्तोष केसि / अध्यक्ष
छत्रेश्वरि गाउँपालिका सल्यान