September 20, 2026, Sunday
२०८३ आश्विन ४, आईतवार
चलचित्र ‘लाज शरणम्’को डोल्पाबाट छायांकन सुरु

चलचित्र ‘लाज शरणम्’को डोल्पाबाट छायांकन सुरु

चर्चित नेपाली टेलिश्रङ्खला ‘सक्किगोनी’ टिमले निर्माण गर्न लागेको फिल्म ‘लाज शरणम्’ को डोल्पाबाट छायांकन प्रारम्भ भएको छ । ५० दिनको सेड्युलमा निर्माण टिमले फिल्मको पहिलो चरणको छायांकन डोल्पामा २० दिन सम्म र बाँकी छायांकन काठमाण्डौ र अन्य केही जिल्लाहरुमा गर्ने तयारी गहेका छन् ।

कुमार कट्टेल ‘जिग्री’ को निर्देशन रहेको यो फिल्ममा जेपिटी क्रिएसनको प्रस्तुति रहेको छ। फिल्मको छायांकन दशैं अगाडि काठमाण्डौमा गर्ने निर्माण पक्षले जानकारी दिएका छन् । केही दिनअघि विजय बराल र अर्जुन घिमिरेको उपस्थितिमा फिल्मको मुहूर्त शोट लिईएको थियो ।

फाल्गुनको १४ गते महाशिवरात्रीको अवसरमा प्रदर्शन हुने यस फिल्ममा विजय बराल, अर्जुन घिमिरे, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, अर्पण थापा, सागर लम्साल, हरिष निरौला, रेणु योगी, कमलमणि नेपाल, माला लिम्बु, प्रीयाना आचार्य, बबिन राई, रामभजन कामत लगायत कलाकारहरुको अभिनय रहने छ ।