काठमाडौंको चिसो भुइँमा सुतेर देखेको त्यो कलाकार बन्ने सपना
काठमाडौं, २७ पौष।
हास्य टेलिसिरियल ‘मेरी बास्यै’बाट ‘तक्मे बुढा’को रूपमा चिर्चित बनेका हुन कलाकार विल्सन विक्रम राई । उनले यो लोकप्रियता सजिलै भने हात परेका हैनन् । कठोर संघर्ष पछि पाएको सफता हो यो उनको , संघर्षका दिनहरूमा कयौ रात चिसो भुइँमा पत्रिका ओढेर बिताएको तीतो अनुभव छ उनीसँग।
झापाको ब्रिन्दामोड मा एक निम्न वर्गीय परिवारमा जन्मिएका विल्सन ले बाल्यकालमा अनेकौं अभाव झेल्नु पर्यो । घरको आर्थिक अवस्था कमजोर थियो पैसा हुन्थेन सानोमा नयाँ कपडा भनेको उनको स्कूल ड्रेस मात्र हुने गर्थ्यो । “दसैँमा सबै साथीहरुले नयाँ नयाँ कपडा किन्ने गर्थेँ तर मेरो दसैंको लुगा भनेको स्कूल कै ड्रेस हुने गर्थ्यो त्यही ड्रेस लगाएर म दसैं मनाउने गर्थे ” उनी सम्झिन्छन्
उनले सानैमा आमा गुमाए , आमाको निधन हुँदा विल्सन मात्र ८ वर्षका थिए । बुबा ड्राइभर थिए घरमा कहिले नबस्ने । भाइ बहिनी सानै थिए , जेठो सन्तान भएकाले घरमा अलि ठूलो भनेकै विल्सन थिए , आमाको मृत्यु पश्चात् भाइ बहिनी लाई स्याहार गर्ने देखि घरको सबै जिम्मेवारी उनको काधमा आइपर्यो । ‘ बहिनी सानै थिईन कसैले आमा बितेपछि तारा बनेर जानुभयो भनेर भन्दिए छ । उनले सधैँ मलाई तारा हेरर सोध्ने गर्थिन् , त्यहाँदेखि आमा कहिले आउनु हुन्छ ? म आफैसँग जवाफ हुँदैनथ्यो ” अहिले पनि सम्झिदा उनी भक्कानिने गर्छन् ।
विल्सन सानैदेखि नाच्न र अभिनय गर्न खुबै रुचाउँथे, गाउँ घरमा हुने पूजा , बिबाहमा उनी सधैँ नाच्न अधी तम्सिन्थे । एक दिन अभिनेता राजेश हमाल सहितको टीम ‘ साथी ‘ नामको फिल्म छायांकन को लागि झापा पुगेको थियो । सोही फिल्ममा अभिनय को रहर सँगालेका विल्सनले पनि सानो भूमिका निर्वाह गर्ने अवसर पाए । सानैमा फिल्म मा देखिन पाए पछि उनी मख्खै थिए र त्यही दिन देखिनै उनले सपना बुने आफु पनि कलाकार बन्ने ।
बिस्तारै उनमा कलाकार बन्ने हुटहुटी बढ्दै गयो , भाइ बहिनी पनि ठूलो भइसकेका थिए, ” अब भाइ बहिनी पनि एकलै बस्न सकीहाल्छन्, म काठमाडौँ जान्छु र कलाकार बन्छु ” उनमा सोच आयो र उनी काठमाडौँ आउने निधो गरे ।
झापा बाट काठमाडौंको लागि बस चढे , बस् आफ्नै गतिमा हुइकिरहेको थियो , उनी एकोहोरो सोचिरहेका थिए अब कलाकार बन्छु पैसा पनि कमाइन्छ भाइबहिनी लाई पठाइदिन्छु , यस्तै यस्तै …
केही घण्टाको गाडीको यात्रापछि उनी काठमाडौं आईपुगे । काठमाडौं आएपनि उनलाई कलाकार बन्न तेती सहज भने थिएन । ” मैले जे सोचेको थिए त्यस्तो हुंदो रहेनछ , यो त एक सपनाको सहर मात्र रहेछ, मेरो जस्तो सयौ सपना बोकेर हजारौं मानिसहरू भौतारी रहेका हुँदारहेछन् तर पूरा गर्न भने नीकै गारो” उनी सम्झिन्छन् ।
काठमाडौंमा उनको चिनजानको कोही थिएनन् उनी कामको खोजीमा भौतारिन थाले, करिब दुई वर्ष उनले रेस्टुरेन्ट देखि चलचित्रको सुटिङ्ग मा स्पोर्ट ब्वाइ हुँदै अनेकौं काम गरे । उनी दिउसभरी काम मा जान्थे साँझ कोठामा फर्किने गर्थे । चिसो याममा उनीसँग जाडो छेक्नालाई बाक्लो ओड्ने ओछ्याउने कपडाहरू थिएनन । त्यो समय उनी सम्झिदै भन्ने गर्छन् ” पत्रिका उछ्याउने गर्थे , अनि ओड्ने कमल पनि पातलो थियो त्यही कमल माथि पत्रिका राखेर ओड्थे त्यसो गर्दा केही हद सम्म जाडो छेकेको अनुभूति हुने गर्थ्यो”
उनले ती पत्रिका हरुमा हिरो हिरोइन हरुको फोटो हरु देख्ने गर्थे , र फोटो हेर्दै मनमनै सोच्ने गर्थेँ । “यसैगरी मेरो फोटो पनि कहिले छापिने होला।”
दुई वर्ष सम्म अनेकौं दुःख गर्दा पनि कलाकारिता मा केही उपलब्धी हात पार्न नसके पछि उनी निरास बने र सोच्न थाले कलाकार बन्न सकिदो रहेन छ अब विदेश जान्छु । र उनी विदेश गएर पैसा कमाएर मात्र कलाकारितामा लाग्छु भन्ने सोचमा मलेसिया हानिए ।
” विदेश पनि सोचेजस्तो कहाँ हुदो रहेछ र काम नीकै गाह्रो थियो , त्यहाँ काम गर्न नसकेर म पुगेको २ महिनामा मै घर फर्किने मनुस्तिथिमा पुगे र पठाउने एजेन्ट ले नआउन दबाब दिँदा दिँदै पनि म रित्तो हात घर फर्किए” उनले भने।
रात पछिको दिन भने झै जब उनी नेपाल आइपुगे संयोगले निर्देशक सुरज सुब्बा नाल्बो सँग भेट भयो त्यो उनका लागि एकदमै खुसीको पल थियो । उनी सम्झिदै भन्छन् ” मलाई नाल्बो ले चलचित्र सायद मा अभिनय गर्ने मौका दिनुभयो । त्यो नै मेरालागि अभिनय यात्राको पहिलो सुखद पाइला थियो तर त्यो फिल्म भने छिट्टै रिलिज हुन सकेन ”
यसरी नै खुसी र दुःख सँग लुकामारी गर्दै गरेका विल्सन को भेट एकदिन केदार घिमिरे ‘ सँग भयो । घिमिरे माग्ने बुढाको परिचयले स्थापित थिए । उनै माग्ने बुढाले विल्सन को परिचय फेरिदिए । सुनाउँछन् “त्यो बेलामा मैले भिन्न भिन्नै चरित्र बोकेका चार वटा अभिनय देखाएको थिए , तर उहाँलाई तक्मे बुढाको चरित्रले छोए छ । मलाई तक्मे बुढा बनाइयो ।” विल्सनको अभिनित फिल्म सायद भन्दा तक्मे बुढाको चरित्र मेरी बास्सै बाट पहिले रिलिज भयो ।
उनले मेरीबास्सै गरेको तक्मे बुढाको चरित्र दर्शकले एकदमै मन पराई दिए उनको चर्चा चुलिँदै गयो तेश यता उनले पछाडी फर्केर हेर्नु परेको छैन । आज विल्सन को परिचय तक्मे मा अडिएको छ । अहिले उनै विल्सन भन्ने गर्छन् “मलाई विल्सन विक्रम राई भन्दा पनि तक्मे बुढा भनेकै राम्रो लाग्छ । परिवारले राखिएको नाम भन्दा पनि मलाई दर्शक ले राखिदीएको नाम प्यारो लाग्छ यो त मेरो लागि नाम मात्र हैन कलाकारितामा संघर्ष गर्दै गर्दा पाएको तक्मा हो ”
अहिले विल्सन ले टेरिसिरियल मात्र नभएर थुप्रै चलचित्रमा काम गरिसकेका छन् । उनी आफै गीत हरु लेख्ने पनि गर्छन् र गाउने पनि , अहिले उनी फुर्के न. १ टेलि सिरियल मा काम गरिरहेका छन् ।
संघर्षले उनलाई सफलता त दिलाइदियो तर पनि विल्सन आफु मा सधैँ एउटै अभाव खट्किरहेको सुनाउँछन् । ” ८ वर्षकै उमेरमा आमा बित्नु भयो , त्यो बेलाको समयले आमालाई हामीबाट पराई बनायो , दुःख मा म आमा सम्झिन्न तर धैर्यता र संघर्षले प्राप्त गरेको सफलतामा म आमा सम्झिन्छु , सफलता को उत्सव मनाउँदा म आमा सम्झन्छु मेरी आमालाई मेरो दुःख देखाउने रहर हैन तर आजको यो सुखमा उहाँलाई राख्न पाएको भए कति आनन्द आउँथ्यो होला भन्ने आभास हुन्छ ” मलिन अनुहार बनाउँदै उनी भन्ने गर्छन् ।
लेखकको सम्वन्धमा