February 7, 2025, Friday
२०८१ माघ २५, शुक्रबार
रुकुमका बलाराम बने लोकस्टार सिजन २ को बिजेता

रुकुमका बलाराम बने लोकस्टार सिजन २ को बिजेता

वैशाख १३ सल्यान। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ३ का गायक बलराम विश्वकर्मा हिमालय लाेक स्टार सिजन २ को बिजेता बनेका छन ।

बुधबार भएकाे फाइनलबाट विश्वकर्मा स्टार बनेका हुन । उनले फाइनल पुगेका ६ प्रतिस्पर्धी मध्ये सबैभन्दा धेरै भोट ल्याएर विजयी भएका हुन । उनले नगद १५ लाख, ७ लाखकाे बीमा सहित अन्य पुरस्कार समेत जितेका छन ।

अर्का प्रतिस्पर्धी सल्यानका पीएन साइँला फस्ट रनरअप घोषित भए । जितसँगै उनले ३ लाख रुपैयाँ नगदसहित पुरस्कार प्राप्त गरे । वाइल्ड कार्ड प्रतियोगितामा प्रवेश गरेका सन्तोष क्षेत्री सेकेण्ड रनरअप घोषित भए । उनले २ लाख रुपैयाँ नगद प्राप्त गरे । दर्शकले दिएको बढी भोटको आधारमा विजेता घोषणा गरिएको जनाइएको छ ।

६ जना प्रतिस्पर्धीले फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । फिनालेमा इन्द्रेणी समूहसहित जजहरु राजु परियार, रामजी खाण र कुलेन्द्र विश्वकर्माले पनि सांगीतिक प्रस्तुति दिएका थिए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज