सल्यानमा ३,०२९ उद्योग दर्ता : १३ हजार २२५ जनालाई रोजगारी, २ जना उद्यमी पुरस्कृत
मंसिर ९, सल्यान । सल्यानमा हालसम्म २,३८९ जना उद्यमीका ३,०२९ उद्योग दर्ता भएका छन । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानमा २०७८ मंसिर ८ गतेसम्म ३०२९ उद्योग दर्ता भएको कार्यालय प्रमुख नृपजंग शाहीले बताए ।
सातौं उद्योग दिवसको अवसरमा सरोकारवाला सँग बिहिबार कार्यालयमा भएको अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुख शाही द्वारा प्रस्तुत कार्यपत्रका अनुसार ति उद्योगहरुमा १३ हजार २२५ जनाले रोजगारी पाएका छन ।
सल्यानमा कृषि तथा पशुपंक्षि फर्म, होटेल लज, मिलघट्ट, निर्माण ठेक्कापट्टा फर्म, कुखुरा बंगुर माछापालन फर्म, सुनचांदी ज्वैलर्स र सिलाईकटाई जस्ता उद्योगहरुको संख्या धेरै रहेको कार्यपत्रमा भनिएको छ ।
त्यस्तै ७ औं उद्योग दिवसको अवसरमा २ जना उद्यमीहरुलाई सम्मान गरिएको छ । जय माता श्री ग्रिल उद्योगका संचालक कर्णबहादुर डाँगी र भुवनेश्वरी फलफुल प्रसोधन तथा अचार उद्योगकी बिमला राईलाई सम्मान गरिएको हो ।
प्रतिकृया दिनुहोस्