August 29, 2026, Saturday
२०८३ भाद्र १३, शनिबार
नेकपा एमालेका सय बढी कार्यकर्ता समाजवादीमा प्रवेश

नेकपा एमालेका सय बढी कार्यकर्ता समाजवादीमा प्रवेश

१० फागुन सल्यान। सल्यानमा नेकपा एमालेका सय बढी कार्याकर्ता नेकपा समाजवादीमा प्रवेश गरेका छ्न।

जसमा कर्णाली प्रदेश सदस्य लोक बहादुर डाँगी सहित  सय बढी नेताकार्यकर्ता नेकपा एमाले परित्याग गरि (एकीकृत समाजवादी) मा प्रवेश गरेका हुन।

सल्यान खलंगामा शारदा नगरपालिका स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रम
जिल्ला समन्वय समितीको सभाहलमा भएको थियो।

पार्टि प्रवेश कार्यक्रममा राष्ट्रिय सभाका सदस्य उदय बोहरा र उप महासचिव प्रकाश ज्वालाले पार्टी प्रवेश गराएका हुन ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सदस्य नेता लोक बहादुर डाँगीले एमाले पार्टी  आफुसङ्ग बैचारिक हिसाबले तालमेल नभएकोले आफुले एमाले पार्टी छोडनु परेको बताए।

। एमाले प्राइभेट कम्पनीको रुपमा रहेको  उनको आरोप रहेको छ । यथास्थितिमा एमाले यसरी नै चल्दै गए अरु नेताहरुले पनि एमाले पार्टी छोडेर समाजवादी तिर आउने उनको दावी रहेको छ  ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज