कांग्रेस अधिवेशन : सल्यानका १० पालिका मध्ये ५ पालिकामा बिष्ट र ५ पालिकामा पुरी प्यानल विजयी
असोज ०९, सल्यान । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यातालिका अन्तरगत आज शनिबार भएको स्थानिय तहको अधिवेशन (निर्वाचन) मा सल्यानका १० पालिका मध्ये जिल्ला सभापतिका उम्मेद्वार केशबहादुर बिष्ट र अर्का उम्मेद्वार धुर्वराज पुरीको समुहको प्यानलले ४ – ४ वटा पालिकामा निर्वाचन मार्फत विजयी प्राप्त गरेको छन ।
जिल्लाको २ स्थानिय तह त्रिवेणी र सिद्ध कुमाख गाउँपालिकामा र्निविरोध रुपमा सभापति लगायतको पदाधिकारी चयन भएको थियो । त्रिवेणी गाउँपालिकाको पार्टी सभापतिमा केश बहादुर बिष्ट समुहका गंगाराम पुन र सिद्ध कुमाख गाउँपालिकामा धुर्वराज पुरी समुहका विर बहादुर बुढा र्निविरोध निर्वाचित भएपछि दवै समुहले ४ – ४ वटा पालिकामा निर्वाचन मार्फत विजयी प्राप्त गरेको हुन ।

शनिबार भएको अधिवेशनमा छत्रेश्वरी गाउँपालिका, कुमाख गाउँपालिका, बनगाड कुपिण्डे नगरपालिका र बागचौर नगरपालिकामा बिष्ट समुहको प्यानलले निर्वाचन बाट विजय हासिल गरेको हो भने त्रिवेणीमा निर्विरोध निर्वाचित सभापति सहित कुल ५ स्थानिय तहमा विजय हाँसिल गरेको हो ।
त्यस्तै पुरी समुहको प्यानलले जिल्लाको कपुरकोट गाउँपालिका, कालिमाटी गाउँपालिका, शारदा नगरपालिका र दार्मा गाउँपालिकामा निर्वाचन मार्फत र सिद्धकुमाख गाउँपालिकामा निर्विरोध सहित ५ स्थानिय तहमा विजयी हाँसिल गरेको हो ।

सल्यानमा आगामी नेतृत्व चयनको लागी विष्ट र पुरी र समुह बिच पालिका देखी जिल्ला सम्म कठा प्रतिस्पर्धा हुने देखिएको छ । विष्टलाई पूर्व मन्त्री राजेन्द्र शाह र पुरीलाई पूर्व केन्द्रिय सदस्य डिल्ली रेग्मी र पूर्व पार्टी सभापत गणेश चन्दको समर्थन रहेको छ ।
जिल्लामा पुरी, चन्द र रेग्मीको टिम मिलेर चुनाव लडदा पनि शाहको समुहले एक्लै कडा टक्कर दिएको छ ।







प्रतिकृया दिनुहोस्