September 20, 2026, Sunday
२०८३ आश्विन ४, आईतवार
संघर्षका कथा बुवाका पैतलामा छन

संघर्षका कथा बुवाका पैतलामा छन

गजल

संघर्षका कथा बुवा का पैतलामा छन
ठेला उठेका आमाका  हत्केलामा छ्न

यो दुनियाँमा आमा हजुरले छोडे देखि
बियोगका आशुहरु  यी  आखामा छन

यो दिलको बगैचाबाट सरेर गएका हरु
आज सोध्न मन छ कुन  गमलामा छ्न

समृद्ध देशको  विकास अनि  परिवर्तन
हेर्नुहोस केवल कागज र घोषणामा छन

कालापानी  सुस्ता  अनि  सिमानाहरुमा
हेर सरकार जनाता कति बाध्यतामा छन

©वाई बि जिएम

💧सल्यान