September 20, 2026, Sunday
२०८३ आश्विन ४, आईतवार
यहाँ त्याग होइन लुट भो राजनीति

यहाँ त्याग होइन लुट भो राजनीति

गजल

यहाँ  त्याग  होईन  लुट  भो  राजनीति
सहमति भण्दा पनि फुट भो राजनीति

छोडऔं सबले अब सिद्धान्त र नेतृत्व
व्यक्ति – व्यक्तिको  गुट  भो  राजनीति

छैन कसैलाई  माया  देश र जनताको
भ्रष्ट दलालको एकजुट  भो राजनीति

राष्ट्रघात जनघात ,अत्याचार भ्रष्टाचार
जे गरे नि हुन्छ यहाँ छुट भो राजनीति

वस! कुरा  गरे  हुन्छ  काम  नगरे  नि
सिकौं  ढाट्न  अब झुट भो राजनीति

©भुमप्रकाश भण्डारी ‘भुपिन’

सल्यान 

प्रस्तुत गजल भुमप्रकाश भण्डारी ‘भुपिन’द्वारा लिखित (प्रतिबिम्ब गजल संग्रह २०७२) बाट साभार गरिएको हो।