June 16, 2026, Tuesday
२०८३ असार २, मंगलवार
संबिधान सिध्याउने दुस्प्रयास असफल हुन्छ : जनार्दन शर्मा

संबिधान सिध्याउने दुस्प्रयास असफल हुन्छ : जनार्दन शर्मा

फागुन ०४, सल्यान । नेपाल कम्युनिस्ट पार्टी ‘प्रचण्ड – माधब समुह’का स्थायी कमिटी सदस्य, कर्णाली प्रदेश इन्चार्ज तथा पूर्व गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले संबिधान सिध्याउने दुस्प्रयास असफल हुने बताएका छन ।

शुक्रवार प्रेस संगठन सल्यानले सल्यान खलंगामा आयोजना गरेको पत्रकार संम्मेलनमा देशको समसामयिक राजनीतिबारे आफ्नो धारणा राख्दै नेता शर्माले अहिले सानो स्वार्थ समूह बाहेक अधिकांश जनता संबिधान मिच्नेका विरुद्धमा रहेकोले संबिधान सिध्याउने दुस्प्रयास असफल हुने बताएका हुन ।

राजनीतिक दलहरू बिच केही साना मतभेदहरू भएपनी ती गौण रहेको र संबिधान कसरी बचाउने सकिन्छ भन्ने मुद्दा नै सबैको साझा मुद्दा रहेको उनको भनाइ छ ।”म माघ ३० देखि गाउँमा छु । गाउँमा मैले किसानहरू सँग पनि अन्तरक्रिया गरे । आज के नागरिक समाज, के पत्रकार, के कानुनविद ? सबै संबिधान मिच्नेको विरुद्धमा छन”,उनले भने ।

पत्रकारका जिज्ञासामा पार्टी एकताको सुत्रधार मानिएका नेता शर्माले संबिधान बनाउदा संघीयता, समानुपातिक समाबेसिता आदिजस्ता परिवर्तनका ऐजेन्डा स्वीकार भएकाले सोही आधारमा केपि ओली सँग पार्टी एकता गरिएको भएता पनि ती परिवर्तनलाई उनिहरूले नमानेको र ती कुरा संस्थागत गरेको संबिधान सिध्याउन खोजेको पनि आरोप लगाए ।

नेकपा प्रचण्ड माधव समुहको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमको लागि शर्मा सल्यान आएका हुन ।