September 21, 2026, Monday
२०८३ आश्विन ५, सोमबार
जसपामा स्थायी समिति सदस्य ‘हवारी’ केपी ओली नेतृत्वको नेकपामा प्रवेश

जसपामा स्थायी समिति सदस्य ‘हवारी’ केपी ओली नेतृत्वको नेकपामा प्रवेश

माघ ३०, काठमाडौँ । जनता समाजवादी पार्टीका नेता इस्लाम हवारी प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन् ।

पार्टी अध्यक्ष ओलीले शुक्रबार बिहान बालुवाटारमा आयोजित कार्यक्रममा उनलाई पार्टी प्रवेश गराएका हुन् । हवारी वीरगन्जका बासिन्दा हुन् ।
त्यस क्रममा प्रधानमन्त्री ओलीले हवारीलाई उत्कृष्ट ढंगले पार्टीका काम गर्न शुभकामना दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

हवारी जसपामा स्थायी समिति सदस्य एवं पार्टीका युवा इन्चार्जको जिम्मेवारीमा थिए ।