June 27, 2026, Saturday
२०८३ असार १३, शनिबार
भूकम्पको धक्का महसुस भएपछि बारामा ११ जना विद्यार्थीहरू बेहोस

भूकम्पको धक्का महसुस भएपछि बारामा ११ जना विद्यार्थीहरू बेहोस

बारा, पौष २३

मंगलबार बिहान ६ बजेर ५० मिनेटमा नेपालमा भूकम्पको धक्का महसुस भयो। भूकम्पको धक्का महसुस भएपछि बारामा विद्यार्थीहरू बेहोस भएका छन्।

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएको प्रहरीले जनाएको छ।

उनीहरूलाई प्रादेशिक अस्पतालमा उपचार गरिएको थियो। उनीहरू डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय बाराका एसपी महेन्द्र खड्काले जानकारी दिए।

भूकम्पले नेपालमा मानवीय क्षति नभएको प्रहरीको भनाइ छ।