April 17, 2026, Friday
२०८३ बैशाख ४, शुक्रबार
नवलपरासीमा देउसी भैलो खेल्ने समूह बोकेर हिँडेको गाडी दुर्घटना

नवलपरासीमा देउसी भैलो खेल्ने समूह बोकेर हिँडेको गाडी दुर्घटना

पश्चिम नवलपरासीको सुस्तामा देउसी भैलो खेल्ने समूह बोकेर हिँडेको गाडी दुर्घटना भएको छ । सुस्ता गाउँपालिका वडा नम्बर ३ बिगेपस्थित भित्री सडक खण्डमा देउसी भैलो खेल्ने समूह बोकेर हिँडेको लु ३ च ६०३२ नम्बरको पिकअप गाडी दुर्घटना भएको हो । देउसी भैलो खेल्ने समूह बोकेर हिँडेको गाडीले बाख्रालाई जोगाउने क्रममा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

दुर्घटनामा परि १० जना घाइते भएका छन् । उनीहरूमध्ये ४ जनाको अवस्था मध्यम र ६ जनाको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ ।

घाइतेहरूलाई उपचारका लागि सहिद स्मृति अस्पताल चौपत्ता लगिएको छ । भ्यानमा २५ जना सवार रहेको प्रहरीले बताएको छ।