April 22, 2026, Wednesday
२०८३ बैशाख ९, बुधबार
सल्यानी जनताका समस्याहरु समाधान गर्न भन्दै मन्त्री ज्वालालाई ध्यानाकर्षण पत्र

सल्यानी जनताका समस्याहरु समाधान गर्न भन्दै मन्त्री ज्वालालाई ध्यानाकर्षण पत्र

भदौ ०४, सल्यान ।

सल्यानी जनताका समस्या समाधान गर्न भन्दै नेपाल सरकारका भाैतिक पुर्वाधार मन्त्री प्रकाश ज्वालाकाे सचिवालयलाई युवा बिद्यार्थी मञ्च बागचाैर सल्यानले ध्यानाकर्षण पत्र बुझाएकाे छ ।

शनिबार भौतिक पुर्वाधार सिंहदरबार काठमाडौमा कमल खड्का, याम्पी खड्का, विनोद बुढाथोकी र रमेश वलि निवेदक रहेको ध्यानाकर्षण पत्रमा राप्ती राजमार्ग अन्तर्गत रहेका तारहरु व्यबस्थितगरि सवारी साधन आवतजावतमा सहज गराउन, सल्यानलाइ प्रदेश राजधानीसङ्ग जोड्ने बालुवा सग्रही खलंगा सड्क खण्डको स्थर उन्नति सहित १२ महिना सवारी आवतजावतमा सहजीकरण गर्न अनुरोध गरिएको छ ।

त्यस्तै बागचौर नगरपालिकालाई संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा उज्यालो बागचौर अभियान शुरु गरि उनकै नेतृत्वमा सम्पन्न गर्न र बगचौर नगरपालिकाका प्रमुख बिकास आयोजनाहरु खरिबोट – टाट्के बाफुखोला तथा बागचौर – कोटमौला – पाथीहाल्ना – रोल्पा पुग्ने सडक खण्डको तिनै तहको साझेदारीमा कालोपत्रे गर्ने लगाएतका माग सहित ध्यानाकर्षण पत्र बुझाइएको मञ्चका संयोजक कमल खड्काले बताउनुभयो ।