September 20, 2026, Sunday
२०८३ आश्विन ५, सोमबार
रोजगारीको सिलसिलामा भारत पुगेका रोल्पाका एक युवकको घर भत्किएर मृत्यु

रोजगारीको सिलसिलामा भारत पुगेका रोल्पाका एक युवकको घर भत्किएर मृत्यु

असार २४, रोल्पा ।

रोजगारीको सिलसिलामा भारत पुगेका रोल्पाका एक युवकको घर भत्किँदा मृत्यु भएको छ ।

जिल्लाको गंगादेब गाउँपालिका ५ हम्पालका २६ बर्षीय सिद्ध बहादुर केसीको भारतको पौडि गड्वालमा काम गर्ने क्रममा पुरानो घर भत्काउँदा घरको लेन्टरले च्यापिएर घाइते अवस्थामा रहेका थिए ।

घाइते अवस्थामा रहेका केसीलाई तत्काल उद्दार गरेर उपचारकोलागी अस्पताल पुर्याइएको थियो । उनको उपचारको क्रममा शनिबार राती मृत्यु भएको उनिसङ्गै काम गर्ने साथीहरुले बताएका छन ।

केहि दिन अगाडि मात्रै उनी रोजगारीको सिलसिलामा भारत पुगेका थिए । उनका घरमा श्रीमती र एक छोरी छन् ।

मृतक केसीलाई नेपाल लिएरै दाहा संस्कार गरिने उनका परिवारले जनाएको छ ।