October 25, 2026, Sunday
२०८३ कार्तिक ९, आईतवार
श्रीमतीको हत्या गरेर श्रीमानले गरे आत्महत्या

श्रीमतीको हत्या गरेर श्रीमानले गरे आत्महत्या

कात्तिक १९, घोराही । दाङको घोराही उपमहानगरपालिका–१३ डुमरका नविन रोकाले श्रीमती निरु रोकाको हत्या गरेर आफुले पनि आत्महत्या गरेका छन ।


मानसिक रोगका विरामी (बर्ष ३६ का) रोकाले शुक्रबार राती ३५ वर्षीया श्रीमती निरु रोकालाई घाँटी थिचेर हत्या गरेर आफूले पनि कोठाको पंखामा झुण्डीएर आत्महत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजनराज गौतमले बताए ।


रोकाको उपचारको लागी उनिहरू विहीवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएर शुक्रवार विरामी जाँचका लागि नजिकै गौतमनगर टोलस्थित फूपुको घरमा बास बसेका थिए ।

विहान कोठाबाट कोही ननिस्कीएपछि ढोका खोलेर हेर्दा दुवै मृत भेटिएको प्रहरीले जनाएको छ । दुवैजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पोष्टमार्टमपछि परिवारलाई शव बुझाइएको छ ।