May 23, 2026, Saturday
२०८३ जेष्ठ ९, शनिबार
सल्यानमा पानी भनेर एसिडले मुख धुने एक ब्यक्ति घाइते

सल्यानमा पानी भनेर एसिडले मुख धुने एक ब्यक्ति घाइते

भाद्र १, सल्यान। सल्यानमा खोटो संकलनकोलागि राखिएको एसिडलाई पानी सम्झिएर मुख धुने एक ब्यक्ति घाइते भएका छन।

रोल्पा जिल्लाको रुन्टीगढी गाउँपालिका ३ घर भइ हाल सल्यान जिल्ला कुमाख गाउँपालिका २ खारखोलामा खोटो संकलनको सिलसिलामा बस्ने ५३ बर्षिय वीर बहादुर घर्ती घाइते भएका हुन।

उनले आफुले खोटो संकलनकोलागि राखेको एसिडलाइ मादिरा सेवन गरि आएको बेला पानी सम्झेर मुख धुने क्रममा उनको टाउको र मुख जलेको हो। उक्त खबर पाउन साथ स्थानीय प्रहरी पोस्टबाट प्र.स.नि जनक बहादुर भाटको कमान्डमा २ जना प्रहरी टोलि खटेर उक्त स्थानबाट ३ लिटर एसिड समेत बरामद गरेको जिल्ला प्रहरि कार्यालय सल्यानले बताएको छ।

घाइते भएका घर्तीलाई उपचारकोलागि चौरजहारि तर्फ पठाएको छ। थप अनुसन्धानकोलागि ईलाका प्रहरी कार्यालय रागेचौरबाट प्र.ना.नि ऋषिराम दहालको कमान्डमा ५ जनाको प्रहरी टोलि खटाइएको र अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख सुमित खड्काले बताएका छ्न।