February 22, 2024, Thursday
२०८० फाल्गुन १०, बिहीबार
मापसे गरेर एसिडले मुख धोएपछि सल्यानमा रोल्पाका एक मजदुर घाईते

मापसे गरेर एसिडले मुख धोएपछि सल्यानमा रोल्पाका एक मजदुर घाईते

भदौ १ सल्यान । मादक पदार्थ सेवन गरि एडिसलाई पानी ठानेर मुख धुने क्रममा सल्यानमा काम गर्ने रोल्पाका एक मजदुर घाईते भएका छन । रोल्पा जिल्ला रुम्टीगढी ३, घर भइ हाल सल्यान कुमाख गाउँपालिका २ खारखोला स्थित जयराम बुढाथोकीको घरमा बस्दै आएका ५३ बर्षका विरवहादुर घर्ति बुधबार मुखधुने क्रममा घाईते भएका हुन ।

घर्ति गंगा रोजिन एण्ड टपअप खोटो संकलन कम्पनीमा ५- ६ महिना देखि काम गर्दै आएका थिए । मापसे गरेर पानि भनि एसिडले मुख धुनेक्रममा टाउको र मुख जलेको भनि स्थानियले प्रहरीलाई टेलिफोन गरेपछि खटिएको टोलीले उक्त स्थानमा ३ लिटर एसिड बरामद गरेको र घाईतेलाई चौरजहारी अस्पताल रुकुम पश्चिम तर्फ पठाउन पहल भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

साथै घटनाको थप अनुसन्धानको लागी ईप्रका रागेचौर बाट प्रहरी टोली खटिएको र विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताउको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज