May 26, 2024, Sunday
२०८१ जेष्ठ १३, आईतवार
सल्यानमा दाइले भाइ र बुहारी माथी गरे एसिड प्रहार

सल्यानमा दाइले भाइ र बुहारी माथी गरे एसिड प्रहार

साउन ३१,सल्यान। सल्यानमा आफ्नै दाइले भाइ र बुहारी माथी एसिड छर्केका छन।

जिल्लाको दार्मा गाउपालिका वडा नम्बर ३ चम्पुटाकुरा आफ्नै ५० बर्षिय दाइ  बेचे रावतले लेनदेनको बिषयलाइ लिएर भाइ बुहारी ४९ बर्षिय भिम बहादुर रावत र उनकि श्रीमति ४० बर्षिय दिपा रावतलाई आफ्नै पसलमा बसेको बेलामा मदिरा सेवन गरि एसिड प्रहार गरेका छ्न।

रावतले खोटो संकलनकोलागि आफ्नै घरमा राखेको एसिड भाइ बुहारीमाथि प्रहार गर्दा पसलको ढोकामा उभिएका ३२ बर्षिय भिम बहादुर रावतको शरीरमापनि परेको छ।

उक्त घटनाको बारेमा जानकारी पाउन साथ  इलाका प्रहरी कार्यालय दार्माबाट प्रहरी निरीक्षक शेर बहादुर चन्दको कमान्डमा खटिएको प्रहरी टोलिले एसिड छ्याप्ने बेचे रावतलाइ नियन्त्रणमा लिएरको र उनको घरबाट करिव २०/२२ लिटर एसिडपनि बरामद गरेको छ।

घाउते भएका तिनै जनालाइ उपचारकोलागि श्रीनगर तर्फ पठाएको र थप उपचारकोलागि नेपालगन्ज नर्सिङ होममा गएको र त्यहाबाटपनि थप उपचारकोलागि आज मंगलबार किर्तिपुर सामुदायिक अस्पताल काठमाडौमा पठाएको र अहिले घाइतेहरुको अवस्था सामान्य रहेको आफन्तले जानकारी दिएका छन।

घटनास्थलमा थप अनुसन्धानको लागी ई.प्र.का.थारमारे सल्यानबाट प्र.नि. कनक बहादुर शाहीको कमाण्डमा Soco सहित ५ जनाको प्रहरी टोली खटिएको।निज अभियुक्त बेचे रावतलाई कुटपिट तथा अंगभंग (तेजाब प्रहार) मुद्दामा दिन  ७ म्याद थप गरि थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज