June 17, 2026, Wednesday
२०८३ असार ४, बिहीबार
सडक निर्माणको पैसा ब्यक्तिको खातामा हालेको आरोपमा अध्यक्षमाथी कालोमोसो

सडक निर्माणको पैसा ब्यक्तिको खातामा हालेको आरोपमा अध्यक्षमाथी कालोमोसो

असार ३१, रुकुम पश्चिम।

रुकुम पश्चिममा एक सडक उपभोक्ता समितिका अध्यक्षलाई भ्रष्टाचारको आरोपमा कालोमोसो दलिएको छ।

जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्वर ७ का जंगबहादुर नेपालीलाई स्थानीय युवाहरुले कालोमोसो लगाएका हुन्।

आठबिसकोट ७ मा को ढुंगेला – सिमतारा – गारा सडक निर्माण समितिका अध्यक्ष नेपालीलाई सडकको बजेट व्यक्तिगत खातामा हालेको भन्दै केहि दिन यता सामाजिक सञ्जालमा बिरोध हुँदै आएको थियो।

शुक्रबार आठबिसकोटको राडि बजार स्थित एक होटेलमा छलफल गर्न बोलाएर स्थानीय केहि युवाले कालोमोसो दलेको भिडियो सामाजिक सञ्जालमा आएको छ।