October 1, 2026, Thursday
२०८३ आश्विन १५, बिहीबार
सल्यानमा गणतन्त्र दिवसको अवसरमा २ कैदीको कैद मिनाहा

सल्यानमा गणतन्त्र दिवसको अवसरमा २ कैदीको कैद मिनाहा

जेठ १५, सल्यान।

सल्यानमा गणतन्त्र दिवसको अवसरमा २ जना कैदीबन्दीकाे कैद मिनाहा गरिएको छ।

५० प्रतिशत कैद भुक्तान गरेर बाँकी कैद मिनाहा हुन बाकी कपुरकोट गाउँपालिका र कालिमाटी गाउँपालिकाका २ जना पुरुषहरुको कैद मिनाहा गरिएको हो।

उनिहरु कर्तव्य ज्यान र बहुविवाह मुद्दाका कैदी रहेको कारागार कार्यालय सल्यानका बल बहादुर केसिले जानकारी दिए।

नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजय तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ लगायतका विभिन्न कानूनको आधारमा प्रत्येक बर्ष गणतन्त्र दिवसको अवसरमा पनि कैद मिनाहा गर्ने गरिन्छ।