June 15, 2026, Monday
२०८३ असार १, सोमबार
प्रजातन्त्र दिवसको अवसरमा सल्यानमा ९ सहित देशभर ५०१ जनाको कैद मिनाहा

प्रजातन्त्र दिवसको अवसरमा सल्यानमा ९ सहित देशभर ५०१ जनाको कैद मिनाहा

७ फागुन, सल्यान। राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज देशभरका ५०१ जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले ५०१ जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गर्नुभएको हो ।

यसै क्रममा सल्यानमा पनि ९ जना कैदीको कैद मिनाहा गरिएको छ। सवारी साधन, बहुबिबाह, कर्तव्य ज्यान मुद्दामा कैदी जीवन बिताइरहेका असल चालाचन भएका र कम्तीमा ५०% कैद कटाइसकेका कैदीको कैद मिनाहा गरिएको कारागार सल्यानका प्रमुख बल बहादुर केसिले बताउनु भएको छ।

कैद मिनाह पाउनेहरुमा ६ पुरुष र ३ महिला रहेका छ्न।उनिहरुलाइ फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा जेष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा १२ बमोजिम कैद सजाय मिनाहा गरिएको हो।