वार्षिकोत्सबको अवसरमा कारागारका कैदीबन्दीलाई रेडियो वितरण
फागुन १२, सल्यान । सल्यानको रेडियो शारदा एफएम सल्यानले आफ्नो १५ औँ वार्षिकोत्सब मनाएको छ ।
ग्रामीण विकास सञ्चार केन्द्रद्वारा सञ्चालित सामुदायिक रेडियो शारदा एफएम ९९ थोप्लो २ मेगाहर्जले बिभिन्न कार्यक्रम गरेर शुक्रबार १५ औँ वार्षिकोत्सव मनाएको हो ।
१४ वर्ष पुरा गरेर १५ वर्षमा प्रवेश गरेको अवसरमा जिल्ला कारागार सल्यानका कैदीबन्दीहरुका लागी रेडियो वितरण गरेको छ ।
कारागारमा रहेका कैदिबन्दीहरुको सुचना पाउने अधिकारलाई सुनिश्चित गर्ने उद्देश्यले रेडियो वितरण गरिएको रेडियोका स्टेसन मेनेजर प्रतीक इच्छुक शर्माले बताउनुभयो ।
कैदी बन्दीले सूचना पाउने माध्यम रेडियो भएको र रेडियोले रचनात्मक काम गर्न सिकाउने भएकाले सूचनाबाट वञ्चित नहुन भन्ने उद्देश्यले कारागारमै गएर रेडियो वितरण गरेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले सत्य सूचनाले मात्रै नागरिकहरू सचेत हुने भएकाले समाज र श्रोताले रुचाउने खालका कार्यक्रम ल्याउनु पर्ने बताउनु भयो । जनता सामु सूचना पुर्याउनको लागि सामुदायिक रेडियोले महत्त्वपूर्ण भूमिका खेल्दै आएको भन्दै उहाँले अवका दिनहरूमा सृजनशीलता सँगै खोजमूलक र विश्लेषणात्मक विचारहरू प्रस्तुत गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले भन्नु भयो,“ असल मान्छे बन्नका लागि असल संस्कारको आवश्यक पर्छ, रेडियोले पनि जनतालाई अनुशासनको पालन गर्न सिकाएको छ । आफूले रेडियोको महत्त्व बुझेको र आम नागरिकको सेवाका लागि सञ्चार भएकाले आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउँछु ।
कार्यक्रममा विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले आम जनताको सूचनाको भरपर्दो माध्याम भनेको सामुदायिक रेडियो भएको बताउनु भएको छ । ‘जनतालाई सुसूचित गराउने माध्यम रेडियो हो, जनताको विश्वास रेडियोबाट प्रशारण हुने सुचना समाचारमा हुन्छ, त्यसैले सत्य तथ्यमा आधारित भएर सुचना समाचार सम्प्रेषणलाई निरन्तरता दिन आग्रह गर्दछु’ उहाँले भन्नु भयो ।
समाजमा भएको नकारात्मक र सकारात्मक कुराहरूलाई पनि समेटर रेडियो बाट उजागर गरिदिनुपर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले आग्रह गर्नुभयो ।
रेडियोका स्टेसन मेनेजर प्रतीक इच्छुक शर्माको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख दामोदर केसी, अनुसन्धान प्रमुख सञ्जीव चौधरी अन्य सुरक्षाकर्मी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
२०६५ साल फागुन १२ गते देखी नियमित प्रशारण सुरु गरेको रेडियोले समाचारमूलक, चेतनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरु प्रशारण गर्दै आइरहेको छ ।
लेखकको सम्वन्धमा