May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४, बिहीबार
स्कूल बसले लियो दर्जन बढी बाख्रा संगै २६ वर्षीय गोविन्दको ज्यान

स्कूल बसले लियो दर्जन बढी बाख्रा संगै २६ वर्षीय गोविन्दको ज्यान

बाँकेको राप्तीसोनारी गाउँपालिका–९ झिझरी खोला नजिक बिहीबार बसको ठक्करबाट एक जनाको घटनास्थलमा मृत्यु भएको छ ।

कोहलपुरको चप्परगौडीस्थित ज्ञानकुञ्ज लिटिल बोर्डिङ स्कुलको बसले स्थानीय २६ वर्षीय गोविन्द ओलीलाई ठक्कर दिँदा उनको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

बसको ठक्करबाट उनले चराउन लगेका १३ बाख्रासमेत मरेका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ४ ख ४५७० नम्बरको बसले ओलीलाई ठक्कर दिएको प्रहरीको भनाइ छ ।