वडाध्यक्ष विरुद्ध छत्रेस्वरी ३ का स्थानीयले वडा कार्यालयमा लगाएको ताला प्रहरी फ़ो’ड्यो
मंसिर ०९,सल्यान । सल्यानको छ्त्रेस्वरी गाउपालिका वडा नं. ३ को वडा कार्यालयमा बिरोध स्वरुप स्थानीयहरूले ताला प्रहरीले फो’डेको छ ।
सोमबार विभिन्न असहमति जनाउदै स्थानीयले वडा कार्यालयमा लगाएको ताला मंगलबार दिउसो प्रहरीको उपस्थितिमा फ़ो’डिएको वडाध्यक्ष राज बहादुर बुढाथोकीले बताए।
‘जनताको नाममा अरुले नै ताला लगाएका थिए । आज छलफलको लागी बोलाउदा कोहि पनि आएनन । त्यसैले सेवाग्राहीलाई मर्का नपरोस भनेर ताला फ़ोडियो ।उनले भने – ‘बिगतमा प्रशासनको रोहबरमा भएको प्रतिवद्धतामा पनि छत्रेश्वरीमा तालाब’न्दी नगर्ने बार्ता सहमति का आधारमा अघि बढ्ने सहमति भएको छ ।’
तर वडा सदस्य तिर्थराज दाहालले भने छलफलको लागी कसैलाई पनि वार्तामा नबोलाएर आफुले पनि ताला खोल्ने बिषयमा जानकारी नपाएको बताए ।
सोमबार छ्त्रेस्वरी गाउपालिका वडा नं. ३ को वडा कार्यालयमा स्थानीयहरूले तालाब’न्दी गरेका थिए । वडा अध्यक्ष राजबहादुर बुढाथोकीले एकलौटी र अप’मानपुर्ण तरीकाले काम गरेको भन्दै सोमबार स्थानियहरुले वडा कार्यालयमा ता’लाबन्दि गरेका हुन ।
करिव ५० जना स्थानियले हस्तान्क्षेर गरेको विज्ञप्तीमा वडाध्यक्षले वडाका बहुमत सदस्यहरुले गरेको निर्णयलाई नमानेर बजेटमा एकलौटी गरेको बताईएको थियो ।
गाउँपालिकाको २०७७-७८ को बजेट बिनियोजन प्रक्रियामा छत्रेश्वरी गाउँपालिका वडा नं ३ का बहुमत सदस्यहरूले वडाका सबै गाउँ र टोललाई समेटेर गाउँपालिकामा बुझाएको बजेट सिलिङलाई अपमान गरि वडा अध्यक्षले एकलौटी ढ्ङ्गले एकै निश्चित एरियामा बजेट राखेकाले आफुहरु पि’डित भएको र एकलौटी शासनको चपेटामा परेको स्थानियाहरुको विज्ञप्तीमा उल्लेख गरिएको थियो ।
‘साथै बस्ती छोएका सडक मर्मतको लागि वडामा गाउँपालिकाले छुट्याएको १००० घण्टा (डोजर) को काम पनि बाटो मर्मत नगरी एक पटक मर्मत गरेको बाटोलाई डबल कटिङ गर्दै गरेको काममा पनि घोर आपत्ती छ’ प्रेस बिज्ञप्तिमा भनिएको थियो ।
उपर्युक्त २ बिषयमा छलफल नगरुन्जेल सम्म वडाका सम्पूर्ण कामकाज बन्द गर्ने र माग बेवास्था गरेमा सवै स्थानिय कडा आन्दो’लनमा उत्रने स्थानियबासीहरुले चेता,’वनी दिएका थिए ।
प्रतिकृया दिनुहोस्