टाढा दुरीका विद्यार्थीहरुको पठनपाठनमा मद्दत पुर्याउन नारायण मा.बि ले सुचारु गर्यो बस सेवा
बैशाख ७ सल्यान ।
सामुदायिक बिद्यालयमा बिद्यार्थी र अभिभावकको आकर्षण बढाउन तथा टाढाका दुरिका विद्यार्थीहरुलाइ विद्यालय सम्म सहजै आइ पठनपाठनमा सरिक हुन मद्दत मिल्ने उदेश्यले नारायण मा.बि ले बस सेवा संचालनमा ल्याएको छ।
नेपाल भारत सहयोग अन्तर्गत दूतावासले निःशुल्क बस हस्तान्तरण गरे सगै अहिले विद्यालयमा बस सेवा सुरु भएको हो ।
सो विद्यालयका प्रधानाध्यापक देबेन्द्र रावतले विद्यालय परिवारको कुशलता र सक्रियताले विद्यालयले बस सेवा प्राप्त गरेकोमा खुसी व्यक्त गर्नु व्यक्त गर्नु भएको छ। ‘
उहाले भन्नू भयो भौगोलिक विकटता कारण बस सञ्चालन गर्न त्यति सजिलो नभए पनि बस सञ्चालन गर्नु विद्यालय परिवारको दायित्व भएको बताउदै बिद्यालयलाई दूतावास मार्फत ३२ सिट क्षमता भएको बस प्राप्त भएको छ। यसले अझ बिद्यालयको थप प्रगति र शैक्षिक सुधारमा टेवा पुर्याउने र विद्यार्थी लाई सुबिधा पुग्ने छ भन्ने अपेक्षा हामीले गरेका छौँ’ उहाँले भन्नुभयो ।
यस बिद्यालयमा शैक्षिक सत्र २०८० मा ६ सय ९२ बिद्यार्थी भर्ना भएका थिए । यस शैक्षिक सत्रमा भने करिब १५ प्रतिशतले बिद्यार्थी सङ्ख्यामा बृद्धि हुने उहाँको दावी छ । अहिले बिद्यालयको क्षेत्रभित्रका सबै बिद्यार्थीलाई बस सेवा दिने गरि भर्ना अभियान सञ्चालन गरिरहेको’ उहाँले बताउनु भएको छ।
सो विद्यालय शिक्षा क्षेत्रमा पालिका जिल्ला हुँदै राष्ट्रिय स्तरमा उत्कृष्ट बन्दै आएको छ भने अतिरिक्त क्रियाकलाप खेलकुद क्षेत्रमा पनि उतिकै अब्बल र उत्कृष्ट बन्दै आइरहेको छ ।
विद्यालयको यो लोभ लाग्दो प्रगतिकै कारण शिक्षा क्षेत्रका सरोकारवालाहरु, विद्यार्थी र अभिभावकका लागि उदाहरणिय बनेको छ ।
विविध किसिमका थुप्रै अभाव र अपुगकताका बाबजुद पनि शिक्षाको महत्त्वपूर्ण र गौरवशाली संस्थाको रुपमा नारायण माबी स्थापित भएको छ भने विद्यार्थी र अभिभावकको पहिलो रोजाईको केन्द्र बन्दै गइरहेको छ।
लेखकको सम्वन्धमा