सल्यानमा आगलागी बाट एक घर जलेर नष्ट
फाल्गुन १८ सल्यान ।
सल्यानमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिकामा वडा नम्बर ५ सेतामारे निवासी ५२ बर्षिय कांशिराम ओलीको घर आगलागिबाट जलेर पुर्ण रुपमा क्षती भएको ५ नम्बरका वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता फौद बहादुर बस्नेतले जानकारी दिनु भएको छ ।
उहाँका अनुसार प्रहरी मुचुल्कामा आगलागिबाट करिब दुई लाख ३० हजार रुपैयाँ बराबरको क्षती भएको उल्लेख गरिएको छ। घर नजिकै फोहर जलाउने क्रममा घरमा आगलागी भएको घरधनी काशिरामले बताउनु भएको छ । यस घरमा उहाँ एक्लै बस्दै आउनु भएको थियो ।
लेखकको सम्वन्धमा