December 1, 2023, Friday
२०८० मंसिर १५, शुक्रबार
आज मिति २०७७ कार्तिक २३ गते तपाइको राशिफल

आज मिति २०७७ कार्तिक २३ गते तपाइको राशिफल

ज्योतिषि ठाकुरप्रसाद देवकोटा
मो.९८४७८४४०९५,९८०९५६०५५७

मेष : (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
आमा को सल्लाह लिएर अगाडि बढेमा सफलता रहनेछ । कृषि,जग्गा क्षेत्रमा सफलता रहनेछ । आफनो महत्वपूर्ण योजना गोप्य राखेर अगाडि बढनु होला । आन्तरिक तथा अनुसन्धानमुलक तवरले कार्यमा सफलता छ । अनाबश्यक बोल्दा समस्या आउनेछ । परिश्रम धेरै भएता पनि कम प्रतिफलता रहनेछ ।

वृष : (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
बिशिष्ट व्यक्तिहरुको साथ सहयोग बाट कार्यमा सफलता रहनेछ । सहयोगीहरुले रामै साथ र सहयोग दिनेछन । तपाईको मेहनत बाट सफलता नै रहनेछ । कामको रामै प्रतिफलता रहनेछ । रोकिएका कामहरु बन्नेछन । नयाँ कामको थालनी गर्ने सोच आउनेछ । व्यापार व्यवसायमा सफलता रहनेछ ।

मिथुन : (क,कि,कु,घ,ङ,छ,के,को,ह)
आर्थिक क्षेत्रमा सावधानी भएर अगाडि बढनु होला । बोलिको गलत अर्थ लाग्नेछ । तपा्रईको कमि कमजोरी माथि आवाज आउनेछ । आफन्त बाट धोका रहनेछ । मान सम्मानमा हानी हुनेछ । अध्ययनमा त्यति समय दिन नसकिएला । बिगतका कार्य बाट लाभ रहनेछ । व्यापार व्यवसायमा सफलता छ ।

कर्कट : ( हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
अवसरहरु थुपै आउनेछन तर अवसर लाई चिन्ने प्रयास गर्नुहोला । स्वास्थ्यका लागि खानपिनमा ख्याल गर्नुहोला । अनाबश्यक गफगाफमा समय बित्नेछ । आशा देखाउनेहरु बाट धोका रहनेछ । आफन्तले तपाईको व्यवहार प्रति टिप्पनि गर्ने छन । सोचेको कार्यमा ढिलाई हुने समय छ ।

सिंह: (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
खर्चमा बृद्धि हुने समय छ । अनाबश्यक दौडधुप रहनेछ । लगानी धेरै फाईदा थोरै रहनेछ । समयलाई चिन्न नसक्दा समस्या आउनेछ । फाईदाका लागि अवसर लिन खोज्दा आफनै खर्च हुने समय छ । तपाईको कुरा काटनेहरु सक्रिय हुनेछन । तपाई लाई सहयोग गर्नेहरु थोरै हुनेछन । समयलाई व्यवस्थान गर्नुहोला ।

कन्या: (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
तपाईको मेहनत बाट आयआर्जनका बाटाहरु खुला रहनेछन । सानो प्रयास बाट पनि कामह्रु थुपै बन्नेछन । कृषि ,जग्गा जमिन बाट सफलता रहनेछ । तपाईको परिश्रमको मुल्य उठनेछ । सहयोगिहरुको साथ सहयोग रहनेछ । सन्चित रकम खर्च गर्नु पर्ने देखिन्छ । आम्दानी पनि हुनेछ । ल्याउनु पर्ने रकम प्राप्त रहनेछ ।

तुला :(रा,री,रु,रे,रो,ता,ती,तु,ते)
बिशेष भेटघाटमय समय रहेको छ । सामाजिक दायित्व बढनेछ । साथीभाईको सहयोगले हिम्मत दिलाउनेछ । आफनो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ । नविनतम कार्य गर्ने समय रहेको छ । व्यापारमा प्रशस्त्र लाभ रहनेछ । पैत्तिक सम्पतिको प्रयोग हुनेछ । अरुलाई प्रभाव पारेर काम बनाउने समय छ ।

वृश्चिक : (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
फाईदा नहुने कार्यमा जिम्मेवारी बहन गर्नु पर्ने देखिन्छ । अरुका लागि खर्च बढने समय छ । अवसर थुपै आउनेछन अवसर लाई चिन्ने प्रयास गर्नुहोला । व्यवसायमा फाईदा नै रहनेछ । शैक्षिक क्षेत्रमा समय दिन नसकिएला । तपाईको काममा अरुको चासो हुनेछ । सहयोग गर्नेहरु बाट धोका मय समय छ ।

धनु : (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
समस्या भित्र बाट नयाँ ज्ञान सिक्ने समय छ । आफन्तको साथ सहयोगले नसोचेको कामहरु बन्नेछ । जटिलता भित्रै बाट सफलता मिल्नेछ । बिगतमा रोकिएका काम बन्नेछन । समयलाई चिन्ने प्रयास गर्नुहोला । स्वास्थ्यका लागि खानामा ख्याल गर्नुहोला । सोच बिचार गरेर कार्य लाई अगाडि बढानु होला ।

मकर : (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
हतारले कार्यमा समस्या ल्याउनेछ । बाद विवादमा नफस्नु होला । घर परिवारको साथ र सहयोग जुटनेछ । काममा साथ दिनेहरु प्रशस्त्र भेटिनेछन । धैर्यता बाट कार्यमा सफलता रहनेछ । भौतिक सामाग्रीहरु जोडने समय छ । प्रेम तथा मित्रता क्षेत्रमा सफलता रहनेछ । मन मिल्ने साथीहरु सग भेटघाट हुनेछ ।

कुम्भ : (गु,गे,गो,सा,सी,सु,से,सो,द)
समयले अवसरहरु थुपै दिलाउनेछ । प्रयास बाट सजिलै लक्ष्यमा जान सकिन्छ । मेनत तथा परिश्रम गर्नेहरुका लागि समय राम्रो देखिन्छ । आफनो मान प्रतिष्ठामय समय छ । आफलाई चाहिने भौतिक सामाग्री जोडने समय रहेको छ । नविन कार्यमा लगानी बढने छ । आफन्त सग भेट होला ।

मीन : (दी,दू,थ,जm,ञ,दे,दो,चा,ची)
अग्रज तथा गुरु जनको साथ र सहयोग बाट सफलता रहनेछ । प्रतिक्षा गरेको कामको प्रतिफल मिल्नेछ । अध्ययनमा सफलता रहनेछ । व्यापार व्यवसायमा मध्ययम रहनेछ । बौद्धिक क्षेत्रमा प्रतिस्पर्धा गर्नुपर्ने समय देखिन्छ । स्वास्थ्यमा केहि समस्या आउनेछ । सक्रारात्मक सोच बाट सफलता रहनेछ ।