दाङमा प्रहरी द्वारा खोलामा बग्दै गरेका बालकको उद्धार

दाङमा प्रहरी द्वारा खोलामा बग्दै गरेका बालकको उद्धार

दाङ/ श्रावण-३०

दाङमा नेपाल प्रहरीले खोलामा बग्दै गरेका बालकको उद्धार गरेको छ।

जिल्लाको घोराही उपमहानगरपालिका–१८ ढोरेनीका पाँच वर्षीय बालक सुमन परियारलाई प्रहरीले खोलामा बग्दै गरेको अवस्थामा सकुशल उद्दार गरेको हो ।

खारखोली बाट बगेको जानकारी प्राप्त भए लगत्तै वडा प्रहरी कार्यालय घोराही बाट प्रहरी निरीक्षक नवराज शाहीको कमाण्डमा खटिएको ७ जनाको टोलीले गोदारी भन्ने स्थान बाट बग्दै गरेको अवस्थामा बालकको सकुशल उद्धार गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

उद्धार गरिएका बालकलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही लगिएको र उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको प्रहरीले बताएको छ ।