जाजरकोटमा भारी वर्षा भइ पहिरो जाँदा ७ जना घाइते
जाजरकोट/श्रावण-३०
जाजरकोटमा लगातारको भारी बर्षात कारण पहिरो जाँदा सात जना घाइते भएका छन।
शनिबार करिब ४ बजेदेखि परेको अविरल भारी वर्षाका कारण जिल्लाको भेरी नगरपालिका–२ रिसाङ क्षेत्रका विभिन्न स्थानहरुमा पहिरो जादा ७ जना घाइते भएका हुन।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार घाइते हुनेमा भेरी नगरपालिका–२ रिसाङका करिब ६० वर्षीय रामबहादुर शाही गम्भीर घाइते भएका छन उनको छाती, टाउको र हातमा चोट लागेको हुदा जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचार पछि थप उपचारका लागि उनलाई नेपालगञ्ज रिफर गरिएको छ।
त्यस्तै ४५ वर्षीय सिद्दी बहादुर कामी, भेरी नगरपालिका–२ चिसापानीकी ५७ वर्षीया भद्रावली कार्की,डौरीकाँडा बस्ने ४५ वर्षीय मनवीर चदरा,१६ वर्षीया मनिषा विक र ४७ वर्षीया मोतिकला विक, र भेरी नगरपालिका- २ का केदार कार्कि रहेका छन।
पहिरोका कारण घर गोठ लगाए अन्य संरचनमा ठुलो क्षति पुगेको छ। भेरी नगरपालिका–३ स्यालामा ६ कोठे दुईतले ढुंगा–माटोले बनेको कच्ची घर पहिरोले पूर्ण रूपमा क्षती पुर्याएको छ।
भने सोही स्थानको दुई वटा टिनका अस्थायी टहरा पनि पहिरोले पूर्ण रूपमा क्षति पुर्याएको छ।
ती टहरामा हाल मानिसहरुको बसोबास नभएकोले अहिलेसम्म कुनै मानवीय क्षती नभएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
घटनाको जानकारी प्राप्त भएको तत्कालै जिल्ला प्रहरी कार्यालय जाजरकोट बाट प्रहरी निरीक्षक राजेश शाहीको कमाण्डमा ११ जना र सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म हेडक्वार्टर जाजरकोटबाट सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीको कमाण्डमा १० जनाको टोली उद्धारका लागि परिचालन गरिएको र घटनाको थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।


लेखकको सम्वन्धमा