जब स्कूल जादै गरेका आमा छोराले बस दुर्घटनामा ज्यान गुमाए
पोखरा साउन १४ गते । पोखराको एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलको ग१क ६२१९ नम्बरको बस बिहान ९ बजेको समयमा रामदीबाट विद्यार्थी बोकेर बिरौटा फर्कदै थियो । एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुल पोखरा–१७ विरौटामा रहेको छ । तर बस स्कूल सम्म भने पुग्न सकेन । पोखरा महानगरपालिका–२१ फुस्रेखोलाको घुम्तीमा दुर्घटना हुन पुग्यो । बस सडकबाट झन्डै ५० मिटर तल खसेको छ । बसमा चालक, सहचालक, अभिभावक र विद्यार्थी गरी ३० जना सवार थिए । उक्त दुर्घटनामा परी आमाछोराले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक छन् ।
३३ वर्षीय आरती र उनका छोरा प्रिन्स दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए । आरतीको गण्डकी मेडिकल कलेज पुर्याउने बित्तिकै पौने १० बजे मृत्यु भएको हो ।
आरतीका छोरा प्रिन्सको भने उपचारका क्रममा ११ : ४५ बजे गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो । बसमा ३० जना सवार रहेकोमा बाँकी २८ जना भने घाइते भएका छन् ।
घाइतेहरुलाई उद्धार गरेर गण्डकी मेडिकल कलेज, गण्डकी अस्पताल र मणिपाल शिक्षण अस्पतालमा उपचार जारी छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक मोहनकुमार थापाको कमान्डमा ५५ जना प्रहरी उद्धारमा खटिएका थिए ।
केही विद्यार्थीको अवस्था गम्भीर छ । अहिले गण्डकी मेडिकल कलेजमा पोखरा २१ कृस्तीकी ९ वर्षीय अनमोल विक, वर्ष ५ का रोशन बराल, वर्ष १४ का दिप्सन कार्की, वर्ष ६ की योना गुरुङ, वर्ष १३ की डिना गुरुङ, वर्ष १५ की प्रकृति गुरुङ, वर्ष ६ का प्रिन्स राना, वर्ष ७ की चिजा विक, वर्ष ९ का प्रवेश कार्की, वर्ष १२ की बिसिका पौडेल, वर्ष ११ की विश्वास पौडेल, वर्ष १२ की सिम्रन विक र वर्ष ११ का विवश खत्रीको उपचार भइरहेको छ ।
यसैगरी मणिपाल शिक्षण अस्पतालमा तीन जनाको उपचार भइरहेको छ । पोखरा २१ का ८ वर्षीय निशान सुनार र सोही ठाउँका ५ वर्षीय सागर थापाको उपचार मणिपालमा हुँदैछ । बसका चालक पोखरा–१७, वबिरौटा बस्ने ५५ वर्षीय टेकबहादुर भुजेलको पनि सोही अस्पतालमा उपचार हुँदैछ । भुजेलको अवस्था खतरामुक्त छ ।
बाँकी १२ घाइतेको पश्चिम क्षेत्रीय अस्पतालमा उपचार हुँदैछ । पोखरा २१ की अनन्या पौडेल, वर्ष ३ की सिमन मगर, वर्ष ३ का न्युजन मगर, वर्ष ७ का रिजन मगर, वर्ष १२ का रामकृष्ण नेपाली, वर्ष २ का अंकित खत्री, वर्ष १४ की सीतादेवी विक, वर्ष ७ का अस्मित विक, वर्ष ३० की सुमित्रा सुनार, वर्ष २द का निर्दाेष सुनार र वर्ष ११ का निश्चल सुनार पनि घाइते भएका छन् ।
१४ वर्षीय सीतादेवी विक अर्कै विद्यालय छोरेपाटन माविकी विद्यार्थी भएको खुलेको छ । ३० वर्षीया सुमित्रा सुनार एलपी स्कुलकी अभिभावक हुन । सोही घटनामा घाइते एलपी स्कुलकी शिक्षक ३० वर्षीया सपना आले पनि घाइते भई पश्चिम क्षेत्रीय अस्पतालमा उपचाररत छन् ।
यसरी भएको थियो दुर्घटना :
प्रहरी ले गरेको प्रारम्भिक अनुमान अनुसार भिरालो, घुम्ती बाटोमा चालकले निणन्त्रण गुमाउँदा बस दुघर्टना हुन पुगेको देखिन्छ । बस उद्धार मा खटिएका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले भने “भिरालो, घुम्ती बाटोमा चालकले निणन्त्रण गुमाउँदा बस दुर्घटना भएको हुन सक्छ । अन्य लापरवाही वा मादक पदार्थ सेवन गरेको देखिएन ।”
लेखकको सम्वन्धमा