सल्यानमा पहिरोमा परी एक जनाको मृत्यु, एक घाइते
सल्यान/ भदौ-२३
सल्यानको खारखोला अरिङ्गाले फेदी स्थित राप्ती राजमार्गमा गएको पहिरोमा परी एक जनाको मृत्यु भएको छ। भने एक जना गम्भीर घाइते भएका छन
सोमबार राति करिब १० बजे कपुरकोट गाउँपालिका–५, खारखोला स्थित राप्ती राजमार्गमा पैदल पहिरो पार गर्ने क्रममा माथिबाट आएको पहिरोमा परी जिल्लाको त्रिवेणी गाउँपालिका–३, लाटाउनेका १७ वर्षीय मदन पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
घटना लगत्तै इलाका प्रहरी कार्यालय लुहामबाट खटिएको प्रहरी टोलीले पुनको उद्धार गरी एम्बुलेन्समार्फत श्रीनगरस्थित कान्तिपुर सामुदायिक अस्पताल पुर्याएको थियो।
उक्त अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि सुर्खेत रिफर गरिएका पुनको सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
सोही पहिरोमा परी त्रिवेणी गाउँपालिका–३ का १८ वर्षीय सुनिल थापा घाइते भएका छन।
उनको बायाँ हात र खुट्टामा चोट लागेको छ भने उनको कान्तिपुर सामुदायिक अस्पताल श्रीनगरमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।


लेखकको सम्वन्धमा