देशको राजनीति अकर्मण्यता कारण विद्यार्थीहरुको बिदेश पलायनले विश्वविद्यालयहरु रितिदै
सल्यान पुष ६ शुक्रबार
✍️ आजको राजनीतिक ब्यबस्थाले मुलुक र जनतालाई केहि उपलब्धि दिन सकिरहेको छैन। देशमा थुप्रै पटक राजनीतिक परिबर्तन भयो। हरेक पटक ब्यबस्थाहरु बद्लिय तर जनताको अबस्था भने बद्लिन सकेन । नेपाल चलेको १० बर्से शसस्त्र माओवादी जनयुद्धको जगमा, हजारौं नेपाली जनताको बलिदान द्वारा प्राप्त भएको राजनीतिक ब्यबस्था संघीय लोकतान्त्रिक गणतन्त्रात्मक ब्यबस्थाले समेत जन अपेक्षा अनुरुप काम गर्न सकेन जनताको अबस्थामा खासै सुधार ल्याउन र बास्तबिक सर्वहारा श्रमजीवी जनतालाइ गणतन्त्रले छुन सकेन । उल्टै मुलुकलाई टाट पल्टाउने स्थितिमा पुर्याइरहेको छ । देशको शिक्षा , स्वास्थ्य, कृषि, उद्योग, आदि कुराहरुको अबस्था बिग्रीदै गएको छ भने। बिकास निर्माणका कार्यहरु कछुवा गतिमा अघि बढि रहेका छन । हरेक क्षेत्रमा राजनीतिक भागबन्डा चलिरहेको छ भने केही मुठ्ठी भर मान्छेहरुले राज गरिरहेका छन। अर्कोतिर मुलुकको सार्बभौमसत्ता माथी खतराको घण्टी बजिरहेको छ। जनता गरिबीको चपेटामा परेको कुरा सबैलाई थाहा छ। यो हुँदा हुँदै पनि लाज पचाएर कुर्सीका लागी मरिहत्ते गर्ने नेपालका नालायक नेताहरु गर्दा देश भित्र बस्ने बाताबरण बनिरहेको छैन। मुलुकमा निष्ठा र नैतिकता बिहिन राजनीति ढुङ्गढुङ्गती दुर्गन्धित फैलिरहेको छ। फलस्वरूप लाखौंको संख्या नेपाली युबाहरु बिश्वका १७२ भन्दा बढी मुलुकमा आफ्नो श्रम बेच्न बाध्य छन। आफ्नो परिवारको न्युनतम आवस्यकता परिपुर्तिका निम्ति बिश्वबजारमा भौतारिनु पर्ने बाध्यता सृजना भएको छ। गाउँ नै रित्तिने अबस्थामा पुगिसकेको छ, यतिसम्म कि गाउँमा मान्छे मर्दा समेत घाटमा पुर्याउने युबाको खडेरी पर्न थाली सकेको छ। यस्तो परिस्थितिमा समेत नेपाली राजनीति, नेपाली जनता र नेपाली माटो अनुकूल देखिदैन। बरुउल्टै देशलाई विदेशीको गुलाम बनाउने रणनीति भैरहेको देखिन्छ ।
दलाल,माफिया र भ्रष्टको हालीमुहालीले सच्चा, इमानदार र नैतिकवान नागरिकलाई आफ्नो कर्म गरेर समेत बाच्न गाह्रो भैरहेको छ नेपाली भुमिमा प्रचुर सम्भावना हुँदा समेत नेपाली युवालाई बिश्व बजारमा पुर्याउन कमिसन लिएका ठेकेदारहरुका कारण यो मुलुक बर्बाद भैरहेको छ। सबै ठाँउमा राजनीतिक हस्तक्षेपले गर्दा देशका महत्त्वपूर्ण क्षेत्रहरू ध्वस्त भैरहेका छन ।
शिक्षा, स्वास्थ्य, कृषि,आदि अति महत्त्वपूर्ण क्षेत्रहरु नराम्ररी खस्किदै गइरहेका छन।
हाल सबैभन्दा बिग्रीदै गइरहेको क्षेत्र शिक्षा रहेको छ । बिगत केही बर्ष देखि शिक्षाको क्षेत्रमा गरिएको ब्यापारीकरणले गर्दा नेपालको शिक्षा क्षेत्र नै तहसनहस हुने मार्गमा अघि बढेको छ । किनभने आज मुलुक भित्र उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी नै भेटिदैन। अधिकाङ्श विद्यार्थी अध्ययनको बहानामा मुलुक छोडेर बिदेशीने लहर चलेको छ ।
कहर भनौ कि रहर किन नेपाली विद्यार्थी नेपाल मै पढ्न मन्दैनन? किन नेपालका बिश्वविद्यालयले नेपाली विद्यार्थी रोक्न सक्दैन? आज यी प्रश्नहरु गुन्जिन थाकेका छ्न।
१७ वटा बिश्वविद्यालय भएको मुलुकमा, विद्यार्थीको चाहाना भने जुनसुकै हालत भय पनि मुलुक छोड्नु नै छ। औषत ६०० जना विद्यार्थीले दैनिक NOC ( नो अब्ज्यक्सन सर्टिफिकेट ) का लागि निवेदन दिने गरेको तथ्यांक पाएको छ । यसरी हेर्दा १ बर्षमा औषत (६००×३६५=२,१९,००० ) करिब २ लाख बढीले मुलुक छोड्ने देखिन्छ । ( यो तथ्यांक विद्यार्थीहरुको मात्र हो वैदेशिक रोजगारीको भने फरक नै छ । यति ठुलो संख्यामा विद्यार्थी बिदेश पढ्न जाने हो भने कुनै समयमा नेपालका बिश्वविद्यालय रित्तिने खतरा देखिन्छ। बि. स २०७९ सालमा मात्रै १ लाख १७ हजार ५६३ जना विद्यार्थीले विश्वका विभिन्न ७२ देशमा अध्ययनका लागि NOC लिएको तथ्यांक रहेको छ । सन २०२३ को फेब्रुअरी महिनामा मात्रै १३ हजार ९ सय ४५ जना विद्यार्थीले NOC लिएको तथ्यांक उल्लेख छ। अर्थात हाल नेपाली विद्यार्थी विदेश अध्ययनको रुचि असाधारण तवरले बढी रहेको छ। यसले गर्दा निकट भविष्यमा मुलुकमा दक्ष युवा शक्तिको अभाव पर्न सक्छ भने हाल अर्थतन्त्रलाई समेत प्रभावित पारिरहेको छ।
यसरी नेपाली विद्यार्थी मुलुक बाहिर अध्ययनको लागि जाने परिपाटीलाई नियमन गर्न राज्य जिम्मेवार बन्न अनिवार्य छ ।
स्वभाविकरुपले निश्चित कोटामा विद्यार्थी मुलुक बाहिर अध्ययनको लागि जाने नीतिनियम बनाउनु पर्छ। होइन भने मुलुकले निकट भबिस्यमा अप्रिय क्षेती ब्यहोर्नु पर्ने अबस्था छिटैबआउने छ। यो बिसयमा सरोकारवालाको यथासिघ्र ध्यान जान जरुरी छ। साथै बिश्वविद्यालयले पनि आफ्ना कमिकजोरीलाई सुधार गर्न जरुरी छ र राज्य जिम्मेवार भएर लाग्नुपर्ने देखिन्छ नत्र नेपालका बिश्वबिद्धालयहरु विद्यार्थीको बिदेश पलायनले अबको केहि समयमा पुर्ण खाली हुनेछन देश बर्बादिको दिशातिर उन्मुख हुने छ यसर्थ राज्य बेलैमा गम्भीर र जिम्मेवार बन्न अनिवार्य छ।
✍️लेखक: सल्यान पब्लिक बोर्डिङ स्कुलका शिक्षक प्रकाश ओलि हुनुहुन्छ ।
लेखकको सम्वन्धमा