September 27, 2026, Sunday
२०८३ आश्विन १२, सोमबार
भारतिय खेलाडीलाई पछी पार्दै सल्यानकि पुष्पाले जितिन बङ्गलादेशमा स्वर्ण पदक

भारतिय खेलाडीलाई पछी पार्दै सल्यानकि पुष्पाले जितिन बङ्गलादेशमा स्वर्ण पदक

पुस २६, सल्यान । बंगलादेशमा आज सम्पन्न बंगबन्धु शेख मुजिब ढाका म्याराथन २०२१ मा नेपाली एथलेट पुष्पा भण्डारीले स्वर्ण पदक जितेकी छिन्। उनले प्रतियोगिताको दक्षिण एसियाली महिलातर्फ स्वर्ण जितेकी हुन्।

उनले भारतीय खेलाडीलाई ६ मिनेटले पछि पार्दै स्वर्ण जितेकी हुन्। उनले निर्धारित दौड २ घण्टा ५९ मिनेट ४१ सेकेन्डमा पूरा गरिन् । भारतीय खेलाडीले दोस्रो र तेस्रो स्थान हासिल गरे। दोस्रो हुने भारतीय खेलाडीले ३ घण्टा ५ मिनेटमा दौड पूरा गरेकी थिइन्।

प्रतियोगितामा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली एथलेटिक्स टोली मंगलबार बंगलादेशको ढाका प्रस्थान गरेको थियो। पुरुषतर्फ शीर्ष तीन स्थानमै भारतको वर्चस्व रह्यो। नेपालका किरणसिंह बोगटी चौथो स्थानमा रहे।

वोगटी र भण्डारी नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता हुन्। उक्त सागको म्याराथनमा किरणले स्वर्ण तथा पुष्पाले रजत जितेका थिए ।

सल्यानको शारदा नगरपालिका स्थित माल्नेटा घर भएकी पुष्पाले गत वर्ष नेपालमा १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा रजत पदक हात पारेकी थिईन् । यसपटक बंगलादेशमा स्वर्ण पदक हातपारेकी हुन् ।