October 5, 2024, Saturday
२०८१ आश्विन १९, शनिबार
एम्बाप्पेले पाए गोल्डेन बुट, मेस्सीलाई गोल्डेन बल

एम्बाप्पेले पाए गोल्डेन बुट, मेस्सीलाई गोल्डेन बल

पौष ४, काठमाडौं । कतार विश्वकपमा सर्बाधिक गोलकर्ताका रुपमा फ्रान्सका केलियन एम्बाप्पेले गोल्डेन बुट पाएका छन् । उपाधि विजेता अर्जेन्टिनी टिमका सुपरस्टार लियोनल मेस्सी विश्वकै सर्वोत्कृष्ट खेलाडीका रुपमा गोल्डेन बल पाएका छन् ।

दोहास्थित लुसेल रंगशालामा सम्पन्न निकै नै रोमान्चक र नाटकीय खेलमा फ्रान्सलाई पेनाल्टी शुटआउटमा पराजित गरी लियोनल मेस्सी प्रेरित अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको हो ।

फाइनलमा ह्याट्रिक गोल गरे पनि एम्बाप्पेले फ्रान्सलाई विश्वकप उपाधि दिलाउन सकेनन् । उनी विश्वकप फाइनलमा ह्याट्रिक पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । विश्वकपका सात खेलमा ८ गोल गरेका पेरिस सेन्ट जर्मेइन पीएसजीका २३ वर्षे सुपरस्टार एम्बाप्पेले पहिलोपल्ट गोल्डेन बुट जितेका हुन् । मेस्सी विश्वकपकै उत्कृष्ट खेलाडी बनेको यो दोस्रोपल्ट हो ।

अर्जेन्टिनालाई उपाधि दिलाउन फाइनलमा फ्रान्सको पेनाल्टी रोकेर निर्णायक प्रदर्शन गरेका इमिलियानो मार्टिनेजले विश्वकपको उत्कृष्ट गोलरक्षकका रुपमा गोल्डेन ग्लभ्स जितेका छन् । विश्वकपका उत्कृष्ट युवा खेलाडीको पुरस्कार पनि अर्जेन्टिनाले नै जितेको छ । २१ वर्षीय मिडफिल्डर एन्जो फर्नाण्डेजले यो पुरस्कार जितेका हुन् ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज