September 19, 2024, Thursday
२०८१ आश्विन ३, बिहीबार
समाजबाद उन्मुख बिकासको नमुना रुकुमबाट सिक्नु पर्छ मन्त्री भुसाल

समाजबाद उन्मुख बिकासको नमुना रुकुमबाट सिक्नु पर्छ मन्त्री भुसाल

७ चैत , रुकुम पश्चिम ।

उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले रुकुम समाजवादको अभ्यासमा उदाहरणीय जिल्ला भएको बताउनुभएको छ ।

उहाँले रुकुमको संस्थागत र पारदर्शी विकास प्रक्रिया अन्य जिल्लाले समेत अनुशरण गर्नलायक रहेको समेत बताउनुभएको छ ।

सोमबार रुकुम पश्चिमको मुसिकोटमा निर्मित बिद्युत सवस्टेशनको औपचारिक उद्घाटन समारोहमा बोल्नुहुदै मन्त्री भुसालले नेपाल अब बिद्युतमा आत्मर्निभर हुँदै गरेकोले बिद्युतको व्यापार गर्ने बेला आएको बताउनुभयो ।

जलश्रोतले सम्पन्न रुकुममा भरपर्दो सेवाको लागि ३३/११ केभि, ३ एमभिए क्षमताको सवस्टेशन सञ्चालन गरिएको भन्दै मन्त्री भुसालले बिद्युतको उपयोग मार्फत साना र मझौला उद्योगले उत्पादन बढाउनुपर्ने उल्लेख गर्नुभयो ।

रुकुमका बिभिन्न स्थानहरुमा किलोवाट क्षमताका बिद्युत सञ्चालन गरिएकोले अब किलोवाटबाट मेघावाट बन्ने उहाँको भनाई छ ।

आर्थिक विकासको मुल आधार कृषि र वन क्षेत्र भएकोले यस क्षेत्रमा बिद्युतको उपयोगिता बढाउनुपर्नेम उहाँले जोड दिनुभयो । सरकारले सिँचाईमा ५० प्रतिशत बिद्युत महशुल छुट दिएकोले यहाँका खेतीयोग्य जमिनमा सिँचाई सुविधा पुग्ने र उत्पादन बृद्धि हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

कोभिडको महासंकट बेहोरेको मुलुकको अर्थतन्त्र उकास्न बिद्युतको उपयोगिता महत्त्वपूर्ण हुने उहाँको भनाई छ ।

नेपाल सरकार र नेपाल बिद्युत प्राधिकरणको सयुक्त लगानीमा सञ्चालित मुसिकोट सवस्टेशनको उर्जा, जलस्रोत तथा सिचाइ मन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दशन शर्माले सयुक्त रुपमा रिबन काटेर उद्घाटन गर्नुभएको हो ।

यस अघि सल्यानको शितलपाटी सवस्टेशनबाट जिल्लामा ११ केभिको लाईन आईरहेको थियो । अब भने सव स्टेशनमा सल्यान हुँदै ३३ केभि क्षमताको प्रसारण लाईन आउने छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज