March 25, 2025, Tuesday
२०८१ चैत्र १२, बुधबार
बजाजको चर्चित मोटरसाइकल ‘पल्सर १५०’ उत्पादन बन्द, यस्तो छ कारण

बजाजको चर्चित मोटरसाइकल ‘पल्सर १५०’ उत्पादन बन्द, यस्तो छ कारण

मंसिर २७, काठमाडौं ।

बजाज पल्सर सेग्मेन्टको पहिलो मोटरसाइकल पल्सर १५० को उत्पादन बन्द हुने भएको छ । बजाजको विक्रीको ठूलो हिस्सा ओगट्ने मोटरसाइकल पल्सर १५० रहेको थियो ।

बजाज अटोले केही समय अघिमात्र बजाज पल्सर पी १५० सार्वजनिक गरेपछि पल्सर १५० को उत्पादन बन्द गर्ने भएको हो ।२ दशकभन्दा लामो इतिहास बोकेको पल्सर १५० लाई पल्सर १५० को नयाँ जेनेरेशन पी १५० ले विस्थापन गरेको हो ।

बजाज अटोले २०२२ अगस्टमा पल्सर १८० र २०२१ को अन्तिममा पल्सर २२० को उत्पादन बन्द गरेको थियो । बजाजले विभिन्न समयमा पल्सर १५० लाई परिमार्जन गर्दै ल्याइरहेको छ ।

पहिलो जेनेरेशन पल्सर १५० ले १२ बीएच पावर जेनेरेट गर्थो । २००३ मा कम्पनीले यसमा ट्वीन स्पार्क इग्निशन टेक्नोलोजिको प्रयोग गरेको थियो । यसले पल्सरको पर्फमेन्सका साथै इन्धन क्षमातामा वृद्धि गरेको गरेको थियो । कम्पनीले त्यो समयमा पल्सरको रियरमा निट्रोक सस्पेन्सनको प्रयोेग गरेको थियो ।

बजाज अटोले नयाँ सार्वजनिक गरेका पल्सर पी १५० पुरानो पल्सर १५० को तुलनामा निकै स्पोर्टी डिजाइनका साथ आएको छ । स्लीक हेडल्याम्प, स्पोर्टी फ्यूल ट्याङ्क, अन्डरवेली एक्जष्ट, एलइडी टेलल्याम्प, मोनोशक सस्पेन्सन जस्ता फिचर नयाँ पल्सरमा पाउन सकिन्छ ।

पुरानो पल्सरको तुलनामा नयाँ पल्सरको कुल तौल १० केजीले कम भएको छ । पल्सर पी १५० मा रहेको इन्जिनले १४।५ पीएस पावर तथा १३।५ एनएम टर्क जेनेरेट गर्छ । कम्पनीले यो इन्जिनलाई अझै स्मुथ बनाउनुका साथै यसको भाइब्रेस तथा नोइज अझै कम भएको कम्पनीको भनाइ छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज