बालिकालाई चुनौती दिदै मुख्यमन्त्री शेरधन राईकी श्रीमतीले लेखिन यस्तो स्टाटस
काठमाडौं । प्रदेशन नम्बर १ का मुख्यमन्त्री शेरधन राईका श्रीमती जाङ्मु शेर्पाले आफ्नो श्रीमानले बालिका खड्कालाई पीडित बनाएको प्रमाण भएको खण्डमा आफैँ श्रीमानलाई कारबाहीको कठघरामा उभ्याउन तयार रहेको बताएकी छन् ।
बैशाख १० गते शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत् मुख्यमन्त्री पत्नी शेर्पाले पीडित बनाएको एउटा सानो मात्रै प्रमाण भए आफैँ श्रीमानलाई कार्बाहीको कठघरामा उभ्याउन तयार रहेको बताएकी हुन् ।

उनले लेखेकी छन्, ‘मेरो श्रीमानले पीडित बनाएको एउटा सानो मात्रै प्रमाण भए म नै मेरो श्रीमानलाई कार्बाहीको कठघरामा उभ्याउन तयार थिए, तयार छु । मलाई पनि भ्रम थियो मेरो श्रीमानको गल्ती छैन भन्दा भन्दै बा कतै चुक्नु भएको पो छ कि भनेर, तर पहिला र म उहाँकी जीवन साथी भइसकेपछि वास्तविक तथ्यहरु बुझ्दा सय होइन हजार लाख प्रतिशत उहाँ निर्दोष हुनुहुदो रहेछ भन्ने कुरा म आफैले सबै तथ्यहरुको खोजी गर्दा पत्ता लगाएको छु ।’
लामो समयदेखि श्रीमान तथा मुख्यमन्त्री राईको खड्काले चरित्र हत्या मात्र होइन ब्यक्तिगत र राजनीतिक जीवन समाप्त गर्ने सुनियोजित षडयन्त्र हुदै आएको पनि उनले बताएकी छन् । साथै, यस्ता अनेकन चरित्र हत्याका हर्कत र आक्रमणका घटनाहरु हुदै आएको कुरामा आफूलाई जानकार रहेको उनले भनेकी छन् ।

आफू एउटी सचेत महिला रहेको र न्याय र अन्यायसम्बन्धी सबै कुरा बुझेको उनले स्पष्ट पारेकी छन् । उनले लेखेकी छन् ‘म पनि एउटा सचेत महिला हुँ । न्याय अन्याय सबै कुरा बुझ्छु त्यतिमात्र होइन, अन्यायको विरुद्व बोल्ने र लडने सामाजिक सेवाकर्मी पनि हुँ । तर, बिनाप्रमाण, बिना गल्ती र दोषबिना एउटा महिलाको नाममा यो हद सम्मका महिलाहरु पनि हुँदा रहेछन भन्ने आम महिलालाई कलंकित पार्ने जुन हर्कत एकजना महिलाले गर्दै आएकी छिन् यो ज्यादै नै दुः खद छ ।’
आफू पीडित रहेको भन्दै मुख्यमन्त्री राईविरुद्ध उत्रने बालिका खड्का आफैँले ‘मुख्यमन्त्री राई निर्दोष हुनुहुन्छ, मैले अरुको उक्साहटमा उहाँलाई आरोप लगाएको’ भनेर न्यायालयमा, पार्टी कार्यालय र मिडियाहरुमा लिखितम् कागजमा हस्ताक्षर गरेको प्रमाण पनि उनले सार्वजनिक गरेकी छन् । पीडित भनिने स्वयं महिलाले लिखित पत्रमा हस्ताक्षर गरेसकेपछि आज फेरि त्यहीँ मान्छेद्वारा त्यस्तो हर्कत हुँदा यसलाई के भन्ने भनेर पनि उनले प्रश्न गरेकी छन् ।

उनले भनेकी छन्, ‘गल्ति नगर्ने, कहीँ कतै नचुक्ने तर सुनियोजित, प्रायोजित ढंगबाट अरु कुनै केही गल्ती कमजोरी नपाएर, आफ्नो राजननीतिक सफलता र उचाइबाट इर्श्या, डाहा गरेर खुट्टा तान्ने तल्लो दर्जाका फोहोरी मान्छेहरुसँग के प्रतिबाद गर्ने भनेर चुप लागेर मेरो श्रीमान बस्नु भएको भएपनि मलाई लाग्छ अब चुप लागेर बस्नु हुदैन, कानुनी, प्रशासनिकलगायतका बाटाहरुको अवलम्बन गर्नुपर्छ । अन्तमा यसप्रकार मेरो श्रीमानको चरित्र हत्या गर्न सुनियोजित रुपमा भइरहेका हर्कत र त्यसलाई सुनियोजित रुपमा युट्युबलगायत सामाजिक संजालहरुमा प्रचार भइरहेका कुराहरुबाट भ्रमित एवं दुखित नहुन म मेरो परिवार आफन्त, नातागोता साथीभाई, शुभचिन्तक सबैमा हार्दिक आग्रह गर्न चाहन्छु ।’ उनले बैशाख १० गते यस्तो स्टाटस लेखेकी हुन ।
यस्तो छ उनको स्टाटस :
समाजिक संजाल र युटुबहरुमा भाइरल बनाइएको घटना र बिषयले मेरो गंभीर ध्यानाकर्षण भएको छ । मेरो श्रीमान बिरुद्व बिगत लामो समय देखि वहाँको चरित्र हत्या मात्र होइन, वहाँको ब्यक्तिगत र राजनैतिक जीवन समाप्त गर्ने सुनियोजीत षडयन्त्र हुदै आएको र अनेकन चरित्र हत्याका हर्कत र आक्रमणका घटनाहरु हुदै आएको कुरामा म राम्रो जानकार छु ।
म पनि एउटा सचेत महिला हुँ, न्याय अन्याय सबै कुरा बुझ्छु त्यतिमात्र होइन, अन्यायको बिरुद्व बोल्ने र लडने सामाजिक सेवा कर्मी पनि हुँ । तर बिना प्रमाण, बिना गल्ति र दोष बिना एउटा महिलाको नाममा यो हद सम्मका महिलाहरु पनि हुँदा रहेछन भन्ने आम महिलालाई कलंकित पार्ने जुन हर्कत एकजना महिलाले गर्दै आएकी छिन यो ज्यादै नै दुखद छ ।

मेरो श्रीमानले पिडीत बनाएको एउटा सानो मात्रै प्रमाण भए म नै मेरो श्रीमानलाई कार्बाहीको कठघरामा उभ्याउन तयार थिए, तयार छु । मलाई पनि भ्रम थियो मेरो श्रीमानको गल्ति छैन भन्दा भन्दै बा कतै चुक्नु भएको पो छ कि भनेर, तर पहिला र म वहाँकी जीवन साथी भइसकेपछि वास्तविक तथ्यहरु बुझ्दा सय होइन हजार लाख प्रतिशत वहाँ निर्दोष हुनुहुदो रहेछ भन्ने कुरा म आफैले सबै तथ्यहरुको खोजी गर्दा पत्ता लगाएको छु ।
मेरो श्रीमान ले सायद एकपटक सार्बजानिक कार्यक्रममा बोल्नु भएको छ १ स्वयम त्यही महिलाले वहाँ निर्दोष हुनुहुन्छ, मैले अरुको उक्साहटमा वहाँलाई आरोप लगाएको भनेर न्यायलयमा, पार्टी कार्यलय र मिडियाहरुमा स्वयमको हस्ताक्षरमा लिखतहरु सार्बजानिक गरिसकेकी छिन तर फेरी आज त्यही मान्छेद्वारा त्यस्तो हर्कत, यसलाई के भन्ने ?
गल्ति नगर्ने, कही कतै नचुक्ने तर सुनियोजीत, प्रायोजीत ढंगबाट अरु कुनै केही गल्ति कमजोरी नपाएर, आफ्नो राजनितीक सफलता र उचाइबाट इर्श्या डाह गरेर खुट्टा तान्ने तल्लो दर्जाका फोहोरी मान्छेहरुसंग के प्रतिबाद गर्ने भनेर चुप लागेर मेरो श्रीमान बस्नु भएको भएपनि मलाई लाग्छ अब चुप लागेर बस्नु हुदैन, कानुनी, प्रशासनिक लगायतका बाटाहरुको अवलम्बन गर्नुपर्छ ।
अन्तमा यसप्रकार मेरो श्रीमानको चरित्र हत्या गर्न सुनियोजीत रुपमा भइरहेका हर्कत र त्यसलाई सुनियोजीत रुपमा युटुव लगायत सामाजिक संजालहरुमा प्रचार भइरहेका कुराहरुबाट भ्रमित एबं दुखित नहुन म मेरो परिवार आफन्त, नातागोता साथीभाई, शुभचिन्तक सबैमा हार्दिक आग्रह गर्न चाहन्छु । यस्ता सुनियोजीत र षडयन्त्रमुलक हर्कत सहितका प्रचार प्रयासहरुले म र मेरो श्रीमान र परिवारका बीच कुनै पनि असर नपर्ने कुरा पनि सबैलाई स्पष्ट पार्न चाहन्छु । यि केही तथ्यहरु पनि हेरि दिनुहोला । धन्यबाद ।







प्रतिकृया दिनुहोस्