चैत मसान्तसम्ममा इजाजत लिइ मदिराको कारोबार नगर्नेलाई कारबाही गर्ने जिप्रका सल्यानको चेतावनी
चैत ०४, सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानले इजाजत लिएर मात्रै मदिराको कारोबार गर्न व्यापारीहरूलाई अनुरोध गरेको छ ।
जिल्लाका विभिन्न स्थानमा कतिपय व्यापारीले ईजाजत नलिई मदिराको कारोबार गरिरहेको भने सूचनाको २०७७ चैत्र ३ गतेको जिल्ला सुरक्षा समितिको बैठकले गरेको निर्णय बमोजिम इजाजत लिएर मात्रै मदिराको कारोबार गर्न प्रहरीले अनुरोध गरेको हो ।
हालसम्म इजाजत नलिएकाले पनि चैत मसान्तसम्म इजाजत लिएर बिक्रीवितरण गर्न अनुरोध गर्ने र यदि तोकिएको समय सीमा भित्र ईजाजत नलिई मदिराको कारोबार गरेको पाइएमा उक्त मदिरा नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरिने भनी निर्णय गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण वलीले बताउनु भयो ।
मदिरा नियन्त्रण बारे जिप्रका सल्यानको अनुरोध :
१. २०७७ चैत्र ३ गतेको जिल्ला सुरक्षा समितिको बैठकले गरेको निर्णय बमोजिम सल्यानका विभिन्न स्थानमा कतिपय व्यापारीले ईजाजत नलिई मदिराको कारोबार गरिरहेको भने सूचनाको आधारमा ईजाजत नलिई मदिराको कारोबार गरिरहेका व्यापारी व्यवसायी लाई २०७७ चैत्र मसान्त सम्ममा ईजाजत लिन समय सीमा दिने र सो समय सीमा भित्र ईजाजत लिई कारोबार गर्न अनुरोध गर्ने, यदि तोकिएको समय सीमा भित्र ईजाजत नलिई मदिराको कारोबार गरेको पाइएमा उक्त मदिरा नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरिने भनी निर्णय गरिएको ।
२. घरेलु मदिरा नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय सल्यानले अभियानै सञ्चालन गरिरहेकाले कुनै पनि किसिमको घरेलु मदिराको कारोबार नगर्न नगराउन समेत अनुरोध गर्दछौं ।
३. यो सम्बन्धी जानकारी सम्बन्धित व्यापारी व्यवसायी, तथा सरोकारवाला निकायको पहुँच सम्म पुर्याइदिन आम सञ्चार माध्यम तथा सञ्चारकर्मी ज्यूहरुलाई हार्दिक अपिल गर्दछौं ।
४. उद्योग बाणिज्य संघ सल्यान लगाएत सरोकारवाला निकायले समेत यो सम्बन्धी जानकारी आफ्ना व्यापारी व्यवसायी लाई गराइदिन हुन अपिल गर्दछौं ।
प्रहरी प्रवक्ता (9857859777)
जिप्रका सल्यान ।
प्रतिकृया दिनुहोस्