‘सल्यान स्टार’को उपाधि श्रृष्टिलाई, ५० हजार नगदसहित ट्रफी र प्रमाणपत्रले सम्मान
सल्यान, १० माघ । डीटू कलाकेन्द्र लमही दाङले सञ्चालन गरेको नृत्य तथा गायन प्रतियोगिताको सल्यान स्टारको उपाधि श्रृष्टि परियारले जितेकी छन् । करिब एक सय जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै श्रृष्टि विजेता बनेकी हुन् ।
शनिबार सल्यानको श्रीनगरमा भव्य सांगीतिक समारोहका बीच सम्पन्न अन्तिम चरणको प्रतिस्पर्धामा श्रृष्टि विजेता बनेकी हुन् । उनलाई कार्यक्रममा उपस्थित शारदा नगरपालिका–१ का वडा अध्यक्ष नब राज बुढाथोकी र गायक कृष्ण रेउलेले ५० हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरे ।
डीटू कला केन्द्र लमही दाङले गायन तथा नृत्य प्रतिभाहरुको खोजीसँगै गीत संगीतको प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन गरेको यस प्रतियोगितामा प्रदिप रसाइली दोस्रो र सृष्टि बस्नेतले तेस्रो स्थान प्राप्त गरेका थिए ।
उनीहरुलाई क्रमशः ३० हजार र २० हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । बिजेता पहिलो, दोस्रो र तेस्रो हुनेलाई एल्बम र म्युजिक भिडियोमा पनि छिट्टै काम गर्ने अवसर प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
चर्चित हास्यकलाकार कमल गाउले, लोकदोहरी गायक कृष्ण रेउले, लोक गायक प्रेम शर्मा, डान्सर हेमन्त पाण्डे, करिना डाँगीले कार्यक्रममा आएका दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।
गायक कृष्ण रेउलेले आफ्नो गृह जिल्लामा भएको डान्सिङ स्टारले साच्चिकै प्रतिभावान ब्यक्तिले उपाधि चुम्न सफल भएको र आजको प्रतियोगितामा नाच्ने र गाउने सबैले उत्कृष्ट कला देखाएकोले सबै प्रतियोगी सल्यान स्टार नै भएकोले नृत्य र गायन क्षेत्रबाट नेपाली कला, संस्कृतिको संरक्षणमा योगदान पु¥याउनुपर्ने धारणा व्यक्त गरे । आशिष केसीले न्युज २४ मा यो खवर लेख्नु भएको छ ।
प्रतिकृया दिनुहोस्