May 26, 2024, Sunday
२०८१ जेष्ठ १३, आईतवार
सल्यानी गायक चेतन राईको ‘सालैज्यू कुपिण्डे तालैमा’ बोलको गित युटुवमा सार्वजनिक (भिडियो सहित)

सल्यानी गायक चेतन राईको ‘सालैज्यू कुपिण्डे तालैमा’ बोलको गित युटुवमा सार्वजनिक (भिडियो सहित)

 

बैशाख १२, सल्यान । सल्यानी गायक चेतन राईको ‘सालैज्यू कुपिण्डे तालैमा’ बोलको गित युटुवमा सार्वजनिक भएको छ ।

मंगलबार सल्यान सदरमुकाम खलंगामा एक कार्यक्रमका बीच एल्बम स्टेजको विमोचन तथा कुपिण्डेतालैमा बोलको गितको म्युजिक भिडियो रिलिज गरिएको हो ।

एल्बमको शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले विमोचन गर्नुभएको थियो ।

गितमा चर्चित गायिका रचना रिमाल र गायक राईको स्वर रहेको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गित संगितको माध्यमबाट पनि जिल्लाको सस्कृती, पर्यटन र कृषि क्षेत्रलाइ पहिचान गराउन सकिन्छ भन्ने मान्यताका साथ जिल्लामा रहेका ऎतिहासिक ठाउँहरु, पर्यटकीय स्थल, कृषि क्षेत्रहरु तथा जिल्लाका रमणीय ठाउँहरु समेटिएको भिडियोमा देख्न सकिन्छ ।

गितमा संगित सुर्य रुम्बा र स्वयं राईको रहेछ भने नेहा तामाङ, प्रितिका शर्मा, अभिलाषा सिंह, मनिषा बस्नेत, सम्यम सिंह, नवीन थापा, आभास भट्टराई, प्रकाश लामिछानेको अभिनय रहेको छ ।

गितको ड्याइरेक्सन, इडिट, छायांकन फराज अर्पन, असिस्ट छायांकन बिशाल थापा र मेकअप स्वस्तिका श्रेष्ठ, ड्रोन दृश्य योगराज बिश्वकर्मा, दिपसागर भण्डारी र खकेन्द्र केसीको रहेको छ ।

दशक अघि देखि नेपाली पप आधुनिक बिधामा सक्रिय गायक राईका सेभेन, साउण्ड र स्टेप दर्शकले रुचाएका एल्बमहरु हुन ।

सल्यान खलंगामा जन्मिएका राई  बिगत लामो समय देखि यो क्षेत्रमा लागेर नेपालि पप र आधुनिक गित संगीतको क्षेत्रमा योगदान पुर्याउदै आएका छन ।

भिडियो हेर्नुहोस ।

https://youtu.be/Ijlb6aD6WQ0

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज