August 26, 2026, Wednesday
२०८३ भाद्र १०, बुधबार
सल्यानको जनज्याेति मा.बि. फारुलामा शिक्षक अभिभावक संगठन गठन

सल्यानको जनज्याेति मा.बि. फारुलामा शिक्षक अभिभावक संगठन गठन

प्रकाश शर्मा – साउन २८, सल्यान। सल्यानको दार्मा गाउँपालिका ३ फारुलामा रहेकाे जनज्याेति मावि फारुलाकाे शिक्षक अभिभावक संगठन भएकाे छ।

बिद्यालयका अध्यक्ष निम बहादुर केसिकाे अध्यक्षतामा बसेकाे भेलाले टिका शर्मा ओलिकाे अध्यक्षतामा पछि थप्ने गरि ११ सदस्यीय समिति गठन गरेकाे हाे।

समितिमा टिका शर्मा ओलि, निर्मला विक, गाेपाल शर्मा, शुदिक्षा बिक, ताेला बुढाथोकी, यज्ञ बहादुर चन्द , डन्डविर बुढाथोकी, निम बहादुर केसि र मिन बहादुर ओलि रहेका छ्न।

शिक्षा नियमावलि २०४९ परिक्षद ६ काे वुदा नं ३० अनुसार बिधालय रेखदेख तथा पठनपाठन तथा संरक्षण गर्न त्रिपक्षिय समन्वय गरि बिधालय संचालन गर्ने गरि एक शिक्षक अभिभावक संघ गठन गर्ने प्रावधान अनुसार समिति गठन गरिएकाे हाे।